काठमाडौं – १७ साउन २०८२ (अगस्ट २, २०२५) राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले शुक्रवार नेपाल पुलिस क्लबको जर्सीमा मैदान उत्रेर मैत्रीपूर्ण खेल खेलेकी छिन्। एएफसी महिला च्याम्पियन्स लिगको तयारीमा जुटिरहेको एपीएफ फुटबल क्लबसँगको खेलमा साम्बा पुलिसको तर्फबाट खेल्न देखिएकी हुन्। अहिले अफ सिजन चलिरहेका बेला आफ्नो फिटनेस कायम राख्न साम्बा केही समयदेखि एपीएफ क्लबसँग नियमित प्रशिक्षणमा संलग्न छिन्। तर शुक्रवारको मैत्रीपूर्ण खेलमा उनले अनौपचारिक रूपमा पुलिस क्लबको तर्फबाट खेलिन्, जसले धेरैको ध्यान खिचेको छ। साम्बा चाँडै न्यूजिल्याण्ड प्रस्थान गर्दैछिन्, जहाँ उनले व्यावसायिक फुटबल करियरलाई निरन्तरता दिने तयारी गरिरहेकी छन्। नेपालमै सर्वाधिक गोलकर्ता र कप्तानको भूमिका निभाएकी साम्बाको यो कदमले नेपाली महिला फुटबललाई…
Read MoreCategory: फुटबल
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बा मकवानपुरमा सम्मानित, नगद ५० हजार प्रदान
मकवानपुर – १७ साउन २०८२ (अगस्ट २, २०२५) मकवानपुरमा आयोजित ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले विशेष सम्मान प्रदान गरेको छ। कार्यक्रमका दौरान साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्याउँदै आएकी साम्बा हालसम्मकै सर्वाधिक गोलकर्तासमेत हुन्। सञ्चारिका समूह मकवानपुर शाखाले साबित्राको नेतृत्व, मेहनत, र उपलब्धिलाई मूल्यांकन गर्दै भविष्यमा अझ प्रेरणादायी यात्राका लागि शुभकामना दिएको छ। कार्यक्रममा पत्रकार, समाजसेवी, खेलप्रेमी र युवा समूहको बाक्लो उपस्थिति…
Read Moreब्राजिलियन फुटबलर भिनिसियर जुनियर माथी साउदीले ३५० मिलियन युरो खर्चिने
काठमाडौं, १४ साउन । ब्राजिलियन फुटबल स्टार भिनिसियस जुनियरका लागि एक क्लब ५६ सय करोड रुपैयाँ खर्च गर्न लागेको खबरले यतिखेर सनसनी मच्चाएको छ। खासमा २५ वर्षीय भिनिसियस पौराणिक स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका सदस्य हुन् । यस क्लबसँग उनको सन् २०२७ सम्मको सम्झौता भएको हुनाले विगत केही महिना देखि दुवै पक्षबीच नयाँ सम्झौताका लागि छलफल भए पनि अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिरहेका छैनन् । यस्तो अवस्थामा साउदी अरेबिया लिगका क्लबहरूले यस स्टार विङ्गरमाथि आफ्नो नजर राखिरहेका छन् । एक रिपोर्टका अनुसार साउदी सरकारले समर्थन गरेको यस लिगको…
Read Moreएन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
काठमाडौं, १३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल बितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ । यस कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरि सकिएको छ ।…
Read More