काठमाडौं, कात्तिक ३० गते । नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन् । नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान ग¥यो । सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन् । उनले महिला लङ डिस्ट्यान्सको ८२ किलोमिटर दूरीमा रजत जितेकी हुन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कार्यकारी समितिका सदस्य समेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले एक कार्यक्रमबीच सुनमायालाई नगद र प्रशंसा पत्र प्रदान गरे । अध्यक्ष…
Read MoreCategory: अन्य
पुष्पसदन दोहोरो उपाधिनजिक
काठमाडौं, कात्तिक ३० गते । आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दुई उपाधिनजिक पुगेको छ । पुष्पसदन सिनियर ब्वाइज र गल्र्सको थ्री बाइ थ्रीमा फाइनलमा पुगेका हुन् । सिनियर ब्वाइजमा पुष्पसदनले निःसर्ग वाटिकालाई ६०–४४ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सुशान श्रेष्ठले १५ अंक योगदान गरे । फाइनलमा पुष्पसदनको भेट राराहिलसंग हुनेछ । अर्को सेमिफाइनलमा नोजा महर्जनको १४ अंक सहयोगमा राराहिलले रेडियन्ट पब्लिकलाई ४३–२८ ले हराएको थियो । गल्र्समा पुष्पसदनले द एक्सेल्सियरलाई १३–११ ले हरायो । उपाधिका लागि पुष्पसदनले स्वर्णिमको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा…
Read Moreरेडियन्ट कप बास्केटबलमा ४९ टिम
काठमाडौं, कात्तिक ३० गते । रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टिमको सहभागिता निश्चित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ । सिनियर ब्वाइजमा प्रत्येक समूहको विजेता र…
Read Moreटीआईए र भ्याली पब्लिक च्याम्पियन
काठमाडौं, कात्तिक ३० गते । आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । टीआईए ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित ग¥यो । टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे । विल्सन एकेडेमी तेश्रो भयो । गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्र्ड स्कुललाई २५–१५ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन् । ग्रिनल्यान्ड तेश्रो बन्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा…
Read Moreतेस्रो प्रयागराज स्मृति फुटसल प्रतियोगिता :वडा १३ बन्यो प्रतियोगिताको विजेता
काठमाडौँ । तेस्रो प्रयोगराज सिंह सुवाल अन्तरवडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टीम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ को समूहलाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टीम विजेता भएको हो । निर्धारित समयमा दुवै टीमले गोल नगरेपछिको पेनाल्टीमा वडा नम्बर १३ ले २–० गोल अन्तरले उपाधि हासिल गरेको हो । उपाधिसँगै विजेता टोली वडा नं. १३ ले २ लाख रुपियाँ प्राप्त ग¥यो । उपविजेता वडा नं. ४ ले १ लाख रुपियाँ पुरस्कार प्राप्त ग¥यो ।…
Read Moreराराहिल सेमिफाइनलमा
काठमाडौं, कात्तिक २९ गते । राराहिल चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । राराहिलले भ्याली भ्यूलाई ६०–५७ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । राराहिलका नोजा महर्जनले २० अंक जोडे । यसअघि आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक र निःसर्ग वाटिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गल्र्सको थ्री बाइ थ्रीमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनल न्यु जेनिथ र पुष्पसदन ‘बी’, द एक्सेल्सियर स्कुल र जेसिस, सेन्ट मेरिज र लिटिल एन्जल्स ‘बी’ तथा स्वर्णिम र क्याम्पियनबीच हुनेछ । अन्य प्रिक्वाटरफाइनलमा…
Read Moreकिस्क र एलाइटलाई ओएसिस कप
काठमाडौं, कात्तिक २९ गते । किस्क र एलाइट बास्केटबल एकेडेमीले तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामको उपाधि शनिबार जितेका छन् । दोहोरो उपाधि जितेको किस्क सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । एलाइट एसइइतर्फ पहिलो भयो । ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा किस्कले रेडियन्ट पब्लिकलाई १७–१० ले पराजित ग¥यो । किस्कका ब्रुक्स जेन्सेनले ८ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा किस्कले ज्ञानोदयलाई ८–६ ले हरायो । किस्कका जय महर्जनले ७ स्कोर गरे । एसइइको उपाधि भिडन्तमा एलाइटले आयोजक ओएसिसलाई १९–१५…
Read Moreआठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता अस्थायी रूपमा स्थगित
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आयोजना गर्न लागेको आठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता, जुन राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा २०८२ कार्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भनिएको थियो, असहज परिस्थितिका कारण अस्थायी रूपमा स्थगित गरिएको छ। महासंघका पदाधिकारीहरूको बैठकले हालको जेन-जी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताइएको छ। महासंघले सम्बन्धित सबै खेलाडी, प्रशिक्षक, अफिसियल र सरोकारवालाहरूलाई सूचित गर्दै भविष्यमा प्रतियोगिताको नयाँ मिति तय भएमा पुनः जानकारी गराइनेछ भनी जानकारी दिएको छ।
Read Moreमिसन २०२६ अन्तर्गत खेलाडी छनोट प्रक्रिया असोज २९ देखि सुरु हुने
काठमाडौं । आगामी २० औं एशियाली खेलकुद, जुन सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ, त्यसमा तौल समूह (Weight Category) परिवर्तन भएकोले नेपाल बक्सिङ्ग महासंघले नयाँ मापदण्डअनुसार खेलाडी छनोट प्रक्रिया गर्ने भएको छ। महासंघले जारी गरेको सूचना अनुसार यहि मिति २०८२ कार्तिक १२ देखि १४ गतेसम्म (सन् २०२५ अक्टोबर २९ देखि ३१) अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा प्रतिभावान खेलाडी छनोट कार्यक्रम आयोजना हुनेछ। छनोटमा इलाइट पुरुष तथा महिला उमेर समूहका खेलाडी सहभागी हुनेछन्। पुरुषतर्फ ५५ के.जी, ६० के.जी, ७० के.जी, ८० के.जी, ९० के.जी र ९०+ के.जी…
Read Moreधारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर
नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । वल्र्ड रनिङको साझा साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य धारा…
Read More