मुगुमा ४ बजेसम्म ५८ प्रतिशत मत खस्यो

मुगु । मुगुमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी छ । साँझ ४ बजेसम्म जिल्लाभर कुल २१ हजार १५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार हालसम्म महिला ११ हजार १२१ र पुरुष १० हजार ३० जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ५८.७० प्रतिशत हो ।

जिल्लामा हालसम्मको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अझै १४ हजार ८८० मत खस्न बाँकी रहेको बताइएको छ ।

सम्बन्धित खबर