काठमाडौं । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ । जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने भएको हो । राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा एक हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, एक हजार १९, जानकी गाँउपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ४२४, डुडुवा गाउँपालिकामा…
Read MoreCategory: स्वास्थ्य
स्वास्थ्य बीमाको दुरुपयोग नगर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दुरुपयोग नगरी जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ । मंगलबार बोर्डले विज्ञप्ती जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको हो । विज्ञप्तीमा लेखिएको छ,‘सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको यस स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको अवस्थामा ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देश सहित समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाको दुरुपयोग नगर्नुहुन र…
Read Moreसिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
रामेछाप । सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्। सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे । भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका…
Read Moreरामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै
रामेछाप । पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्थ्य संकटका रूपमा फैलिँदै गएका छन् । तर, रोग पहिचानका लागि नियमित जाँचप्रति स्थानीयको चासो न्यून देखिएको छ । जिल्लाका ग्रामीण भेगमा सुगर र उच्च रक्तचाप (प्रेसर) का बिरामी उल्लेख्य रूपमा बढ्दै गएका छन् । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुरु गरेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा अपेक्षा गरेभन्दा धेरै नागरिकमा यस्ता रोग देखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए । ‘घरदैलो परीक्षण गर्दा अकल्पनीय संख्यामा सुगर र प्रेसरका…
Read Moreनिर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य भएको भन्दै मन्त्रालय दुःख व्यक्त गरेको छ । ‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन यस…
Read Moreमाघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
काठमाडौं । सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो । कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो । तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।…
Read Moreक्यान्सर वंशानुगत पनि हुन्छ तर जीवनशैलीसँग बढी सम्बन्धित छ : डा.समिम अख्तर
काठमाडौं । क्यान्सरलाई नेपालीमा अर्बुद् रोग भन्ने गर्छौं । शरीरमा कुनैपनि गाँठो अथवा कुनै पनि मांसपेशी आफ्नो परिधिभन्दा बढी भयो, मल्टिप्लाई हुनथाल्यो, बढ्न थाल्यो, आफ्नो सीमा नाघेर अरु ठाउँमा छेड्न थाल्यो, रगत अथवा अन्य तत्वको माध्यमबाट शरीरको एक ठाउँबाट अर्को ठाउँमा फैलिन थाल्यो, विकार रुप लिन थाल्यो, विकृत भएर गयो भने शरीरलाई हानि नोक्सानी पुर्याउन थाल्यो भने यसलाई क्यान्सरको परिभाषामा आउने गर्छ । जस्तो ट्युमरलाई लियौं, ट्युमर भनेको कुनैपनि मांसपेशीको डल्लो अथवा गाँठो हो । जुन बढ्यो भने वा ट्युमर भयो भन्दैमा क्यान्सर हुँदैन । तर कुनै कुनै ट्युमर बेनाइन…
Read Moreनयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो। अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने छ ।…
Read Moreनेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ : गुरु एलपी भानु शर्मा
काठमाडौं । पछिल्लो समय विश्वभर योग, ध्यान र साधनाप्रति मानिसहरुको लगाव बढेको पाइन्छ । जीवनमा सकारात्मक परिवर्तन ल्याउन ध्यानको अझ ठूलो महत्व छ । नेपालमा ध्यानप्रतिको आकर्षण बढ्दै गएको छ । यसै सिलसिलामा जीवन विज्ञानका संस्थापक मध्येका एक एलपी भानु शर्मासँग अमेरिका जानु भन्दा पहिले नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । ध्यान के हो ? किन गर्ने ? योग, ध्यान र साधनामा के भिन्नता छ ? प्रत्येक मनुष्यभित्र एउटा विराट ऊर्जाको केन्द्र हुन्छ भन्ने कुरामा म गहिरो रूपमा विश्वस्त छु । दुःखको कुरा के छ भने अधिकांश मानिसहरू त्यो…
Read Moreआज विश्व ध्यान दिवस मनाइँदै
काठमाडौं । आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ । विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक…
Read More