बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड

२५ शैयाको अरिन हस्पिटल सञ्चालनको तयारीमा, जोइन्ट रिप्लेसमेन्ट र कस्मेटिक सर्जरीमा फोकस काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । २५ शैयाको बहु–विशेषज्ञ अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा छाला रोग विशेषज्ञ तथा अस्पतालकी मेडिकल डाइरेक्टर डा.लैला लामा ताङ्बेतानीका अनुसार अस्पतालको मुख्य उद्देश्य सीमित शैयाभित्र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउनु रहेको जानकारी दिइन् । ‘हाम्रो अस्पताल संचालनको भनेको बुटिक हस्पिटलको कन्सेप्टमा अगाडि बढेका…

Read More

शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो । उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रणालीमा समावेश गरिसकेका छन् । मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लाग’ गर्दै सेवा गुणस्तर उकास्ने पहल गरेको छ । देशभरका ३० वटा…

Read More

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर, २०० जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

रामेछाप । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा दोरम्बा सैलुङ गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो गाउँपालिकाका विभिन्न वडाका २ सय जानले स्वास्थ्य सेवा लिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जनकारी दिए । कार्कीका अनुसार शिविरमा बिरामीको जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएका औषधीहरू वितरण गरिएको हो । शिविरमा हाड–जोड्नीको दुखाई, पुरानो खोकी, छाला सम्बन्धी रोग, शरीर पोल्ने, झमझमाउने, युरिक एसिड, पायल्स,…

Read More

स्तन क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’

काठमाडौं । जीवनको सबैभन्दा कठिन मोडमा उभिएकी छन् ज्ञानी शाही । बर्दिया राजापुर घर भएकी शाही तीन वर्षदेखि स्तन क्यान्सर भएर संघर्ष गरिरहेकी उनी हरेक दिन पीडा, आशा र निराशाको बीचमा आफ्नो अस्तित्व बचाउन लडिरहेकी छन् । एक दिन अचानक थाहा भयो उनलाई स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो क्षण उनका लागि सामान्य खबर थिएन, जीवन नै भत्किएको अनुभूति थियो । ‘आकाशबाट खसेजस्तो भयो,’ नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छिन्, ‘त्यो बेला लाग्थ्यो म नै छैन, मेरो जीवन नै समाप्त भयो ।’ त्यसपछि सुरु भयो निरन्तर उपचारको यात्रा…

Read More

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

काठमाडौं । नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । तर सरकारले बनाएका नीति र कानून अझै प्रभावकारी रूपमा लागू हुन नसक्दा समस्या थप बढ्दै गएको छ । धेरै विद्यालय र स्वास्थ्य संस्थाले अझै अटिजम भएका बच्चाहरूसँग काम गर्न आवश्यक तालिम प्राप्त शिक्षक एवंम विशेषज्ञको कमी र अभिभावकहरूले चाहिने सहयोग नपाएको गुनासोहरु छन् । यस स्थितिमा अटिजम केयर नेपाल सोसाइटीले आफ्नो प्रारम्भिक थेरापी, स्कुल, अभिभावक तालिम, शिक्षक प्रशिक्षण र रिसर्च परियोजनाहरूमार्फत सकरात्मक पहल सुरु गरेको छ । तर सरकारी नीति र चुनौती बीचको अन्तरले अझै धेरै परिवार…

Read More

अटिजम : नेपालमा चुनौती र विश्वको अभ्यास

क्यानडा । अटिजम स्पेक्ट्रम डिसअर्डर एक प्रकारको न्यूरोलोजिकल विकाससम्बन्धी अवस्था हो, जसले बालबालिका वा व्यक्तिको सञ्चार क्षमता, सामाजिक अन्तरक्रिया तथा व्यवहारमा प्रभाव पार्दछ । ‘स्पेक्ट्रम’ भन्ने शब्दले यस अवस्थाका लक्षणहरू हरेक व्यक्तिमा फरक–फरक रूपमा देखिने जनाउँछ । त्यसैले अटिजम भएका सबै व्यक्तिलाई एउटै मापदण्डमा राखेर मूल्याङ्कन गर्न सकिँदैन । अटिजम भएका व्यक्तिहरूमध्ये केहीलाई न्यूनतम सहयोग मात्र आवश्यक पर्न सक्छ भने केहीलाई दैनिक जीवन सञ्चालनका लागि व्यापक सहयोगको आवश्यकता हुन्छ । विशेषगरी, उनीहरूमा सञ्चार (कम्युनिकेशन) मा कठिनाइ देखिन्छ । आफ्ना भावना वा चाहनाहरू व्यक्त गर्न नसक्दा उनीहरू निराश (फ्रस्ट्रेटेड) हुन सक्छन्,…

Read More

विश्व अटिजम जागरुकता दिवस : समस्यासँगै थेरापी अभाव र दक्ष जनशक्तिको संकट

काठमाडौं । नेपालमा बालबालिकाको शारीरिक र मानसिक विकासबारे अभिभावकहरूको ध्यान प्रायः एउटा कुरामा केन्द्रित हुन्छ–‘बच्चा बोल्न थालेको छ कि छैन ?’ बच्चाले समयमै बोल्न नसकेपछि मात्रै धेरैजसो अभिभावक चिन्तित हुन्छन् र चिकित्सककहाँ पुग्छन् । तर बाल विकासको यात्रा केवल बोलाइमा सीमित छैन । कहिलेकाहीँ समस्या अझ गहिरो हुन्छ, जसलाई हामी समयमै बुझ्न सकेनौँ भने त्यसले बच्चाको भविष्यमा ठूलो प्रभाव पार्न सक्छ । यस्तो अवस्थामध्ये एक हो–अटिजम । १५ वर्षदेखि अटिजम क्षेत्रमा काम गर्दै आएकी विशेष शिक्षिका रुजु पोखरेलका अनुसार अटिजम कुनै रोग होइन, यो न्यूरो–डेभलपमेन्टल कन्डिसन हो, जसले बच्चाको संचार,…

Read More

जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा रावत नियुक्त

बाजुरा । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा धनबहादुर रावत नियुक्त भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ निवासी रावतलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा रावतलाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकबाट विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएका हुन् । जिल्ला अस्पताल बाजुरामा नियुक्त भएका रावत नेपाली कांग्रेसका हुन्। यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा समाजबादीका तर्फबाट सिफारीस भएका मान बहादुर कार्की थिए। उनको कार्यकाल सकिएसँगै अस्पताल अध्यक्ष विहिन थियो…

Read More

क्षयरोगका बिरामीको संख्या बढ्दो, वार्षिक १६ हजार मृत्यु

काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभई गम्भीर चेतावनी पनि बोकेको छ । क्षयरोग (टीबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौँ नेपालीको जीवन प्रभावित बनाइरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनासँग विशेष कुराकानी । कुराकानीको सुरुवातमै तिमल्सेनाले क्षयरोगको वर्तमान अवस्थाबारे स्पष्ट पार्दै नेपालमा क्षयरोगका बिरामी घट्नुको साटो बढिरहेको बताए । उनले भने,‘नेपालमा क्षयरोग दिन प्रतिदिन बढेकै छन् । यो एक प्रकारको भयावह सरुवा…

Read More

आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं । आज विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

Read More