काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्,‘संसद् बैठकमा बसिरहँदा भर्खरै मलाई भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो । अस्पतालले औषधि अभावको गम्भीर अवस्थाबारे जानकारी गराएको छ ।’ सांसद अवालका अनुसार क्यान्सरको उपचारमा अनिवार्य मानिने ‘कार्बोप्लाटिन’ औषधिको भक्तपुर अस्पतालमा मात्र नभई देशभर नै चरम अभाव देखिएको छ । औषधि नपाएकै कारण बिरामीहरू उपचारबिनै घर फर्किन बाध्य भएको…
Read MoreCategory: स्वास्थ्य
चन्द्रपुर अस्पतालमा पहिलो पटक नवजात शिशुको फोक्सोको जटिल उपचार सफल
रौतहट । रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ । जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो । अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा। श्याम बाबु साह को प्रत्यक्ष नेतृत्वमा यो उपचार प्रक्रिया सम्पन्न…
Read Moreविश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
काठमाडौं । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
Read Moreदुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा
रामेछाप । रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाका स्थानीयले एकै पटक विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियाना कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा करिब ८ सय जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए । शिविरमा सबै उमेर समूहका स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एकीकृत स्वास्थ्य परीक्षण, निदान, उपचार, परामर्श र प्रेषण गरिएको थियो । जसमा…
Read Moreस्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताएकी छन् । रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्यो ? उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा बोल्दै शेरचनले स्वास्थ्य बिमालाई संवेदनशील र विश्वसनीय बनाउन ईएमआर प्रणाली सुधार अपरिहार्य रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘स्वास्थ्य बिमालाई हामीले थप संवेदनशील बनाउनुपर्छ । इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीलाई चुस्त–दुरुस्त र एकरूप बनाउनु आवश्यक छ । यदि हामीले ईएमआर प्रणालीलाई सुदृढ बनाउन…
Read More७९ औँ विश्व स्वास्थ्य महासभामा नेपाललाई ‘उपाध्यक्ष’ को जिम्मेवारी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ । आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले ‘उपाध्यक्ष’ को भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा भोलि(आइतबार)जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुती दिनेछ । अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठुलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’ को प्रवृत्ति रहँदै आएकोमा, यस पटक सरकारले…
Read Moreप्रजनन स्वास्थ्यमा महिलाको अधिकार सुनिश्चित गर्न शिक्षा र कानुनी सुधार आवश्यक
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालमा गर्भपतन सेवा अझै पनि गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित बन्न नसकेको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) र सेन्टर फर रिप्रोडक्टिभ राइट्स (सीआरआर)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रजनन स्वास्थ्यलाई महिलाको आधारभूत अधिकारका रूपमा स्थापित गरिए पनि व्यवहारमा अझै धेरै चुनौती रहेको बताइन् । सभापति चौधरीले शिक्षा र जनचेतनाको अभावका कारण विशेषगरी दुर्गम क्षेत्रका महिलाहरू डर र असुरक्षाबीच बाँच्न बाध्य भएको उल्लेख गर्दै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्नु आजको…
Read Moreस्वास्थ्य प्रतिष्ठान र अस्पतालको नेतृत्व अब पूर्णतः ‘मेरिट’ का आधारमा
काठमाडौं । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने स्पष्ट सन्देश दिएको छ । खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण यी स्वास्थ्य निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए । नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस् भन्नका लागि मात्र मन्त्रालयले तत्काललाई ’निमित्त’ प्रमुखहरूको…
Read Moreदर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ । काउन्सिलले हालै सार्वजनिक गरेको सूचनामा प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र आबद्ध भएर सेवा दिन निर्देशन गरिएको हो । काउन्सिलका अनुसार चिकित्सकहरूले कुनै पनि संस्थामा कार्य सुरु गर्नु अघि सो संस्थाको दर्ता अवस्था, वैधानिकता, उपलब्ध सेवा र सेवा दिने क्षमताबारे स्पष्ट जानकारी लिनुपर्नेछ। साथै, आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र आफूले प्रदान गर्ने सेवाबीच उचित सामञ्जस्य कायम गर्न पनि आग्रह गरिएको छ । सूचनामा दर्ताविहीन संस्थामा काम गर्नु वा…
Read Moreअस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुन्याउने गुनासो बढेको जनाएको छ । मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर परेको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुनको उल्लङ्घन भएको स्पष्ट…
Read More