काठमाडौं । जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन् । अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २.२ लिटर पानी पिउनुपर्ने छ । साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मिलिलिटर पिसाबबाट १५०० मिलि गरी लगभग २–३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ…
Read MoreCategory: स्वास्थ्य
जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो
मगु । हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ । मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन् । जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने…
Read Moreयस्तो छ, आइतबार फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०८, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रहेको छ । यस्तै, गाँजर (लोकल) प्रतिकिलो १४०, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ४० काउली स्थानीय प्रतिकिलो…
Read Moreयस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०५, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३० रहेको छ । यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३५, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ६५, बन्दा (तराई) प्रतिकिलो ५० काउली…
Read Moreजिल्ला अस्पताल बाजुरामा उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गर्छौ’
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला अस्पताल बाजुरामा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताएका छन्। बाजुरा पुगेका मन्त्री शाहले जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले जिल्ला अस्पताल शैयामा कम भए पनि प्रदेश स्तरीय अस्पताल भएको भन्दै अस्पतालमा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताए। अस्पतालबाट गुणस्तरीय र अझै प्रभावकारी सेवा प्रवाह गर्न उपकरण,जनशक्ति र बजेटको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताएका हुन्। साथै उनले राजनीतिक नियुक्ति प्रक्रिया मंसिर महिनाभित्रै टुंगिने समेत बताएका छन् ।…
Read Moreकरिब ९० प्रतिशत पेट तथा पाचन प्रणालीको समस्या नेपालमै उपचार हुन्छ : डा.सिताराम चौधरी
नेपालमा धेरै बिरामीहरू लक्षण सुरु हुँदासाथ उपचार खोज्दैनन् । कामको चाप, आर्थिक अभाव, समयको कमी वा ‘सामान्य ग्यास्ट्रिक हो’ भन्ने बुझाइका कारणले अस्पताल ढिला पुग्छन् । परिणामस्वरूप एडभान्स स्टेजमा पुगेपछि मात्र रोग पत्ता लाग्ने, उपचार महँगो हुने र उपचारमा सफलता पाउने संभावना कम हुन्छ । डा.सिताराम चौधरी पेट तथा पाचन प्रणाली विशेषज्ञ ग्यास्ट्रिकका लक्षण र गम्भीर रोग छुट्याउन जरुरी छ ग्यास्ट्रिकलाई सामान्य ठान्दा गम्भीर रोगहरु लाग्नसक्छ करिब ९० प्रतिशत पेट तथा पाचन प्रणालीको समस्या नेपालमै उपचार हुन्छ ः डा.सिताराम चौधरी ‘ग्यास्ट्रिक’ शब्दको भ्रम नेपालमा साधारण पेट पोल्ने, अपच हुने, डकार…
Read Moreअक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १ सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यापनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी वितरण गरिएको फाउन्डेसनले जनाएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ जना विद्यार्थि र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलकाका १०५ जना विद्यार्थीलाई कपिकलम सहित विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ । विद्यार्थीहरुलाई अध्ययन सामग्रीको अभावका कारण चुनौती भोगिरहेका विद्यार्थीहरूलाई सहयोगले प्रेरणा मिलेको नेपाल राष्ट्रिय आधारभुत…
Read Moreफोहोर व्यवस्थापनमा हेलचेक्र्याइ : नदीलाई डम्पिङ साइट बनाउँदा बस्तीमा असर
सिरहा । गाउँबाट नगर हुँदै विशाल शहरको रुपमा समाज विकसित हुँदैछ । तर शहरीकरणबाट उत्पादित फोहोर व्यवस्थापन विकराल समस्या बनेको छ । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ । विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन् । सिरहाको गोलबजार जहाँ दैनिक १२ टन फोहोर उत्पादन हुन्छ । पसल र गुद्री हाट बजारबाट निस्केको प्लाष्टिक र अन्य फोहोरहरु नगरपालिकाले संकलन गरेर स्थानीय गागन नदीमा फाल्ने गर्छ । नगरपालिकाले निश्चित स्थानमा वैज्ञानिक मापदण्ड अनुरुप फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड…
Read More‘मर्यादित महिनावारी सम्बन्धी मुद्दा सिंगो देशको हो’
काठमाडौं । संघीयता सवलीकरण तथा राष्टिूय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्तावको मुद्दालाई समितिको मुद्दाको रुपमा मात्र नभई सिंगो देशको मुद्दाको रुपमा हेर्न आग्रह गरेका छन् । राष्टिूय सभाबाट पारित ‘मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव’ को कार्यान्वयन अवस्थाबारे विशेष छलफल कार्यक्रममा बोल्दै उनले समितिले मात्र उठाउने भन्दापनि जनतावाद्को रुपमा नै सो मुद्दा उठाउनसके मात्र सफल हुने बताए । उनले भने,‘यो मुद्दा राष्टिूय सभाको मात्र हो भनेर पनि हेरिन्छ । यो त देशको मुद्दा हो । सबैले सरोकार राख्नुपर्छ र अगाडि पनि बढाउनुपर्छ । यो मुद्दा…
Read Moreखाली पेटमा अदुवा र मह खानुहोस्, आधा दर्जन रोगवाट मुक्त हुनुहोस्
काठमाडौं, १८ साउन । मनसुन सिजन चलिरहेको छ । यो मौसमले चिसो हावा ल्याए पनि स्वास्थ्यका लागि चुनौतीपूर्ण पनि हुन सक्छ । यो अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । यसका लागि स्वास्थ्यका लागि फाइदाजनक खानेकुरालाई खानपानमा समावेश गर्नु उचित हुन्छ र त्यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यस्तो अवस्थामा अदुवा र मह भन्दा राम्रो अरू के हुन सक्छ। अदुवा र महलाई शताब्दीयौं देखि धेरै रोग निको पार्न प्रयोग हुँदै आएको छ । आयुर्वेदमा पनि यसको महत्वपूर्ण स्थान छ । विशेष कुरा यो हो…
Read More