काठमाडौं, १६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक…
Read MoreCategory: अर्थ
गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं, १६ साउन — गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ। लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २७ गते तोकिएको छ। त्यसैले साउन २६ गतेसम्म शेयर बजार (नेप्से) मा खरिद बिक्री भई कायम रहने इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
Read Moreनेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने
काठमाडौं, १६ साउन – पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड (NIIFL) ले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यस सेयर निष्कासनको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। हालै सम्पन्न सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र फण्डका अध्यक्ष मनिष थापाबीच हस्ताक्षर भएको हो। NIIFL नेपालमा स्थायी पूँजी साधन (Permanent Capital Vehicle) मार्फत पूर्वाधारमा लगानी गर्ने प्रमुख संस्था हो, जसको व्यवस्थापन ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ। ग्लोबल इक्विटी…
Read Moreविदेशी मुद्रा बजारमा अमेरिकी डलर बलियो, अन्य मुद्रामा पनि उतारचढाव
काठमाडौं, साउन १४ । बुधबार बिहानको सुरुवातसँगै विदेशी मुद्राको बजारमा फेरि एकपटक उतारचढाव देखिएको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य फेरि बढेको छ। एक डलरको खरिददर १३८ रुपैयाँ ६१ पैसा बिक्रीको दर १३९ रुपैयाँ २१ पैसा पुगेको छ। यसअघि मंगलबारको तुलनामा डलरको दर केही बढेको हो। युरोपेली मुद्रा युरोको दर पनि उच्च नै कायम छ। आज युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा तोकिएको…
Read Moreहिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ लाखभन्दा बढीले पाए १०–१० कित्ता
काठमाडौं, साउन १३ । हिमालयन बैंक लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (एफपीओ) आज (मंगलबार) बाँडफाँड गरिएको छ। कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान औपचारिक रुपमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो। बैंकले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. ५७ प्रिमियम थप गरी रू. १५७ मा एफपीओ निष्काशन गरेको थियो। कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर असार ३१ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको थियो। एफपीओमा उल्लेख्य सहभागिता देखिएको छ। कुल १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये…
Read Moreमंगलबार सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि
काठमाडौं, साउन १३ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रू. ६ सयले घटेर रू. १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा रू. १,९३,६०० रहेको थियो। यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला रू. २,२९५ मा कारोबार भएको चाँदी आज रू. २,३०० मा पुगेको छ। यसैगरी, १० ग्राम सुनको मूल्य आज रू. १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य रू. १,९७२…
Read Moreएनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक
काठमाडौं, साउन १३ । एनआईसी एशिया बैंकले शेयर धितो राखी ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गरी ‘ATHOT Loan Against Share’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत ग्राहकहरूलाई अत्यन्त प्रतिस्पर्धी ८.७५ प्रतिशत वार्षिक ब्याजदरमा शेयर धितो ऋण उपलब्ध गराउने घोषणा गरेको हो। योजना अनुसार, १ प्रतिशत प्रिमियमसहित ८.७५ प्रतिशत ब्याजदर लागू गरिनेछ। बैंकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका शेयर, म्युचुअल फन्ड, बीमा कम्पनी र अन्य अनुमोदित संस्थाको धितोमा आधारित ऋण सेवा प्रदान गर्नेछ। यस योजना अन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँसम्मको ऋण लिन सक्नेछन्। बैंकका प्रमुख कार्यकारी…
Read More