काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।
Read MoreCategory: समाज
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको छ । गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा…
Read Moreसन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् । ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् । जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए । ‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि…
Read Moreप्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाउने कानुनी बाटो खुला
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ…
Read Moreवास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
काठमाडौं । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा दीर्घकालीन र दिगो उपलब्धि हासिल गर्न नेपालमा स्रोत समायोजनलाई नीति–स्तरीय प्रभावकारी रणनीतिका रूपमा अघि बढाइँदैछ । सीमित स्रोतको अधिकतम उपयोग र दोहोरो लगानी अन्त्य गर्ने उद्देश्यसहित विभिन्न सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकता दिइएको हो । संघीय, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था र निजी क्षेत्रबीच वित्तीय, प्राविधिक र मानवीय स्रोत साझा प्रयोग गर्ने अभ्यासले वास क्षेत्रमा देखिँदै आएको परियोजना दोहोरिनु, असन्तुलित बजेट वितरण र खण्डित कार्यान्वयनको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता…
Read Moreकाठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन् शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए । उनले भने, ‘आज ६० वटा सवारी धनिलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा ५, ६ वटासम्म पनि आउने गरेका छन् । काठमाडौं,…
Read Moreपर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए। साथै उनले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्धन भइरहेको बताए । ‘पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक…
Read Moreन्यातपोल मन्दिर : सर्वसाधारणका लागि प्रवेश निषेध किन ?
भक्तपुर । भक्तपुर भन्नेबित्तिकै सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिएको सहरको छवि सबैको आँखा अगाडि आउँछ । मन्दिर, मठ, देवालय र तीर्थस्थलहरूले सजिएको भक्तपुरलाई नेपाली मौलिक कलाशैली, काठ तथा ढुंगामा कुँदिएका अनुपम कलाकृति र गहिरो धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ । यिनै सम्पदामध्ये सबैको ध्यान केन्द्रित गर्ने र भक्तपुरको पहिचानका रूपमा रहेको मन्दिर टौमडी टोलमा अवस्थित न्यातपोल मन्दिर हो । पाँचतले मन्दिरका रूपमा परिचित यो मन्दिर भक्तपुरकै सबैभन्दा अग्लो र भव्य मन्दिरमध्ये एक मानिन्छ । न्यातपोल मन्दिरको सांस्कृतिक नाम ‘ङातापोल्हँ’ रहेको छ । यो मन्दिर १८औँ शताब्दीमा मल्लकालीन राजा भूपतिन्द्र…
Read Moreअन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
काठमाडौं । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ रहेको…
Read Moreयुवाको मन नछुने व्यवस्थाबाट राष्ट्र खाडलमा पर्यो : मधु कार्की
काठमाडौं । पत्रकार तथा राजनीतिज्ञ मधु कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको बताउँदै युवापुस्तामा बढ्दो निराशा र असन्तुष्टिले राष्ट्रको भविष्य जोखिममा परेको चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले देशमा आवश्यक रहेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभावले युवाहरू हरेक दिन निराश, दिग्भ्रमित र अवसरविहीन बन्दै गइरहेको बताइन् । उनले भनिन्, ‘हामीले चाहेको अवस्था, चाहेको व्यवस्था हुन सकेको छैन । यो व्यवस्थाले युवाहरूको मन, चेतना र सपनालाई छोएन । टेक्नोलोजीले विश्व समातिरहेको २१औँ शताब्दीमा हाम्रा युवाहरूलाई आफूसँग केही छैन भन्ने लज्जा महसुस गराउँदै गरिएको…
Read More