बागमती सिँचाइ आयोजनाद्वारा अतिक्रमित जमिनको नापजाँच सुरु, ४०० घरधुरी प्रभावित हुने

रौतहट । बागमती सिँचाइ आयोजनाले आफ्नो स्वामित्वमा रहेको पूर्वी तथा पश्चिमी नहर क्षेत्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया अन्तर्गत नापजाँच कार्य सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित जिरो माइलबाट नापजाँचको औपचारिक सुरुवात गरिएको हो । आयोजनाका अनुसार, संघीय सरकारको परिपत्र र निर्देशन बमोजिम अतिक्रमित क्षेत्रलाई आयोजनाको पूर्ण स्वामित्व र नियन्त्रणमा ल्याउन यो कदम चालिएको हो । नापजाँचबाट नहरको जमिन यकिन भएपछि त्यहाँ निर्माण गरिएका भौतिक संरचनाहरू हटाइने आयोजनाले स्पष्ट पारेको छ । आयोजनाको नियमानुसार नहरको दुवैतर्फ ६०–६० मिटर क्षेत्र आयोजनाको क्षेत्राधिकारभित्र पर्दछ । नहर क्षेत्र खाली…

Read More

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने बताएका हुन् । उनले नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरे । उनले भने, ‘नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र,…

Read More

डिजिटल लोकतन्त्र होइन, डिजिटल भ्रमबाट बच्ने बाटो (भाग ३)

डा. शन्तोष सापकोटा नेपालले प्रत्यक्ष लोकतन्त्र चाहन्छ भने अनलाइन रोमान्सबाट होइन, चरणबद्ध संवैधानिक निर्माणबाट सुरु गर्नुपर्छ । डिजिटल सार्वभौमिकता, खुला प्रक्रिया, स्थानीय परीक्षण र कानूनी स्पष्टता बिना प्रत्यक्ष लोकतन्त्र नाराभन्दा बढी केही हुँदैन । नेपालको सुधार सम्बन्धी बहसमा एउटा पुरानो कमजोरी छ–हामी अन्तिम नतिजा कल्पना गर्न माहिर छौँ, तर त्यहाँ पुग्ने बाटो बनाउने धैर्य कम राख्छौं । हामी परिणामको पोस्टर छिटो बनाउँछौँ, प्रक्रिया कसरी काम गर्छ भन्ने प्रश्नलाई पछि सार्छौं । प्रत्यक्ष लोकतन्त्र र डिजिटल लोकतन्त्रको बहसमा पनि अहिले यही भइरहेको छ । जनताले बढी शक्ति पाउनुपर्छ–ठीक कुरा । राज्य…

Read More

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका जोखिमपूर्ण तथा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान तीव्र पारेको छ । अभियानअन्तर्गत हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १,८१६ परिवार (७,७८९ जना) सरकारको सम्पर्कमा आएका छन्। तीमध्ये ७९४ जनालाई अस्थायी व्यवस्थापनका लागि विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने प्रारम्भिक प्रक्रिया पूरा गरी हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्। सरकारले प्रभावित परिवारहरूको व्यवस्थापनका लागि विभिन्न स्थानहरूलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छ। तीमध्ये कीर्तिपुरस्थित…

Read More

भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै

काठमाडौं । देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाउने गरिन्छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ ।

Read More

आज नरसिंह जयन्ती मनाइँदै

काठमाडौं । आज नरसिंह जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो । नरसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

Read More

भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल

काठमाडौंं । नेपाली सेनाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो संस्था तथा नेतृत्वलाई लक्षित गर्दै प्रसारण भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको छ। नेपाली सेनाले यस्ता उच्छृङ्खल र अराजक गतिविधिहरूको सम्बन्धित निकायहरूसँग समन्वय गरी नियमित निगरानी भइरहेको जनाएको छ। साथै, यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने कुरा पनि स्मरण गराइएको छ। आम जनमानसलाई आधारहीन, द्वेषपूर्ण…

Read More

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । ‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड…

Read More

बफर स्टेटको बहस : भूगोलको नियति कि नीतिको कमजोरी ?

डा.शन्तोष सापकोटा ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’ श्री ५ पृथ्वीनारायण शाहको यो भनाइ आजपनि हामी उत्साहका साथ उद्धृत गर्छौँ, जसरी विद्यार्थीहरूले परीक्षा अघि महत्त्वपूर्ण वाक्यहरू कण्ठ गर्छन्, तर त्यसको अर्थ बुझ्न समय निकाल्दैनन् । नयाँ सरकारले सार्वजनिक गरेको १०० दिने प्राथमिकतामा एउटा उल्लेखनीय कुरा देखियो—नेपाललाई ‘बफर स्टेट’(मध्यवर्ती राज्य) को रूपमा विगतमा परिभाषित गरिएको स्विकारोक्ति । तत्पश्चात सामाजिक सञ्जाल, चिया पसलदेखि नीति वृत्तसम्म यसको समर्थन र विरोधमा बहस तातेको छ । कसैले यसलाई ऐतिहासिक यथार्थको स्वीकारोक्ति भनेका छन्, कसैले राष्ट्रिय आत्मसम्मानमाथि प्रश्न उठाएका छन् । वास्तवमा, ‘बफर’ हुनु कुनै गौरवको…

Read More

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका सदस्यहरूलाई समेट्दै कार्यविधि २०८२ अनुसार छुट भएका ८ जना परिवारका सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरिएको हो । यसअघि नै प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो । बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ वनस्थली, अम्बिका…

Read More