काठमाडौं । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ रहेको…
Read MoreCategory: समाज
युवाको मन नछुने व्यवस्थाबाट राष्ट्र खाडलमा पर्यो : मधु कार्की
काठमाडौं । पत्रकार तथा राजनीतिज्ञ मधु कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको बताउँदै युवापुस्तामा बढ्दो निराशा र असन्तुष्टिले राष्ट्रको भविष्य जोखिममा परेको चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले देशमा आवश्यक रहेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभावले युवाहरू हरेक दिन निराश, दिग्भ्रमित र अवसरविहीन बन्दै गइरहेको बताइन् । उनले भनिन्, ‘हामीले चाहेको अवस्था, चाहेको व्यवस्था हुन सकेको छैन । यो व्यवस्थाले युवाहरूको मन, चेतना र सपनालाई छोएन । टेक्नोलोजीले विश्व समातिरहेको २१औँ शताब्दीमा हाम्रा युवाहरूलाई आफूसँग केही छैन भन्ने लज्जा महसुस गराउँदै गरिएको…
Read Moreबालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो । अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए…
Read Moreहिजो एकैदिन देशभर १८ विपद्का घटना
काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो शनिबार देशभर १८ विपद्का घटना घटेको जनाएको छ । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका दुई-दुईवटा घटना घटेका छन् । आगलागीका मात्र १५ घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा-१ तालडाँडास्थित बेँसीसहर-चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५५०…
Read Moreबेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । वि.सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । तोरण पुनःस्थापित गराउनु अघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, कुमारी घर रहेको वडाका अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए…
Read Moreगृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् । उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी तरिकाबाट व्यवस्थापन गर्ने…
Read Moreकेन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहने छ ।
Read Moreयौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई स्वास्थ्य संस्थामै विभेद !
काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको व्यक्तिहरु विभेदका कारण स्वास्थ्य संस्थासम्म सेवा लिन जान आनाकानी गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार काठमाडौंमा सेभ द चिल्ड्रेन्टको सहयोगमा नील हिरा समाजले आयोजना गरेका आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका वालबालिका तथा युवाहरुको शिक्षा र स्वास्थ्य अवस्थाबारे छलफल कार्यक्रमका वक्ताहरुले अस्पतालमा गरिने विभेद् र हिंसा रोक्नुपर्ने बताएका हुन् । विभेदकै कारण समूदायका व्यक्तिहरु स्वास्थ्य संस्थामा नजाँदा जोखिम बढेको पनि उनीहरुले बताए । कार्यक्रममा प्रस्तोता पुष्पा जोशीले अस्पतालमा गरिने ब्यवहार र सोधिने प्रश्नहरुबाटै समूदायका व्यक्तिहरु विभेदमा पर्ने गरेको बताइन् । ‘अस्पतालमा…
Read Moreविपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति
प्रमिला कार्की काठमाडौं । गत शुक्रबार र शनिबार देशभर अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ । सरकारले पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा जनधनको ठूलो क्षति हुन नसकेको सर्वसाधारणले समेत अनुभुत गरेका छन् । पहिले यस्ता विपद्का घट्नामा सूचना ढिलागरी आउने, पूर्वतयारी सुस्त हुने गरेको तर, यस पटकको सरकारले विपद्का घट्नामा नयाँ अभ्यास गरेको पाइएको छ । विपद् पूर्वानुमान र सूचना प्रवाह दुबैमा राज्य संयन्त्रले सक्रियपूर्ण भूमिका निर्वाह गर्न भएको बताइन्छ । अन्तरिम सरकारका मन्त्रीहरू फिल्डमै उत्रिएर काम गरेका…
Read Moreअबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता
काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, र रौतहटमा गरी ६ जनाको मृत्यु भएको छ । यस्तै, रौतहटमा चट्याङ लागेर दुई जनाको…
Read More