आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम हुने संभावना रहेको बताए । बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।

Read More

कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द

काठमाडौं । हाल देशभर विशेषगरी बागमती प्रदेशमा मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको सन्दर्भमा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ताजा मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा झनै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई समेत ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन चलाउन पूर्ण रोक लगाइएको जनाएको छ । सहायक प्रमुख जिल्ला…

Read More

विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित

काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् । नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् । कोशी प्रदेशमा पूर्ण अवरोध संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ । भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६…

Read More

वडादशैंको टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौं । बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज(शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। देशभर बर्षा भइरहेपनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ । आश्विन शुक्ल द्वादशीका दिन पनि  मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।

Read More

राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ । राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए । ‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ । अब भाई र आमालाई उपचार एवम पालनपोषणमा समस्या…

Read More

दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

काठमाडौं । दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ । सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ…

Read More

छायाँनाथ धामको तीर्थयात्रा शुरु

खड्क सुनार , मुगु १६ साउन विश्वका चार धामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ ।   शुक्रवार  छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित नेपाल प्रहरीद्धारा सलामि अर्पण गरी आजबाट छायानाथ धामको तिर्थ यात्रा सुरु भएको हो ।     मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।   हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्यूको मुर्ति पवित्र धाम छायाँनाथमा…

Read More