काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भने,‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।’ यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यवद्धताका रुपमा सम्मान गरिने भएको छ । यसैगरी उनले देशैभरीका दलित बालबालिकालाई उपलब्ध गराएको बालपोषण भत्तालाई दोब्बर गरेको बताए । उनले भने, ‘देशभरीका…
Read MoreCategory: समाज
जनक परियारको स्पष्टिकरण : आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो
काठमाडौं । दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत मागेका छन् । ‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भने, ‘मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको…
Read Moreमानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक
काठमाडौं । महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि विभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् । महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले सोमबार ललितपुरमा गरेको कार्यक्रममा वक्ताहरूले यो कुरा बताएका हुन् । हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा अन्त्य गर्ने र महिलाको मानसिक स्वास्थ्यको क्षेत्रमा काम केन्द्रित गर्न लागेको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नम्रता पाण्डेले बताएकी छन् । अन्तर धार्मिक गतिविधिहरू मार्फत विभिन्न कार्यक्रम गरेर समाजमा चलेका…
Read Moreबिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फिर्ताको तयारी
काठमाडौं । भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए । उद्धार कार्यका लागि खटिएको ‘किन इन्डिया’ का प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए । उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका छन् । उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ ।…
Read Moreडिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज नै जिम्मेवार बन्नुपर्छ : जेनजी अभियन्ता
काठमाडौं । डिजिटल स्पेसमा बढ्दो महिला हिंसा र त्यसप्रति राज्य तथा समाजको दायित्वबारे आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक चेतना र सामुदायिक जिम्मेवारी कमजोर बन्दै गएको बताएका छन् । कार्यक्रममा बोल्दै जेनजी अभियन्ता माजिद अन्सारीले समाजमा हिंसामुखी सोचलाई निरन्तर प्रोत्साहन गरिएको टिप्पणी गरे । उनले विचार केन्द्रित परिवर्तनभन्दा व्यक्ति केन्द्रित हिंसात्मक प्रवृत्तिले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको बताए । उनले भने, ‘हामीले समाजलाई नै हिसांमा आधारित परिवर्तनलाई जहिलेपनि प्रोत्साहन गरिरह्यौं । त्यो हिंसा पनि विचार केन्द्रित भन्दा पनि व्यक्ति केन्द्रित हिंसामा आधारित परिवर्तन गर्यौं । चाहे हिजोको कुरा होस् चाहे आजको । एउटा…
Read Moreमितिनि नेपालले मनायो होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया बिरूद्दको दिवस
काठमाडौं, ३ जेठ । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया बिरुद्को अन्तर्राष्ट्रिय दिवस दिवस २०२६ भब्य रूपमा मनाइएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हित र अधिकारकारसाथै समाजले हेर्ने दृष्टि परिवर्तन गर्ने उद्येश्यले आज नेपालमा पनि सो दिवस मनाईएको हो । विश्व स्वास्थ्य संगठनले समलैङ्गितालाई मानसिक रोगको सूचीबाट हटाइ समलैङ्गिता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरेको दिनको स्मरण गर्दै बिश्वभर आज होमोफोबिया बाइफोबिया र ट्रान्सफोबिया बिरुद्को अन्तर्राष्ट्रिय दिवस दिवस मनाउने गरिन्छ । कार्यक्रममा महिला बालबालिका मन्त्री सीता नेपाल बादीले सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हित र अधिकार…
Read Moreसिद्धार्थ भिलासा भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एण्ड फन’
भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ । भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सिईओ कृष्ण न्यौपानेले बताए । महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका स्टल रहनेछन् । महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवद्रर्धनसँगै विभिन्न क्षेत्रका मौलिक स्वादलाई एउटै स्थानमा ल्याउने प्रयास गरिएको बताइएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको…
Read Moreसशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका दुई महिला कर्मचारीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी नयाँ इतिहास रचेका छन्। सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथाको चुचुरोमा पुग्ने उनीहरू पहिलो महिला आरोही हुन्। सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्न सफल भएका हुन्। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–माबुमा जन्मिएकी सहायक निरीक्षक निम डिक्की शेर्पा र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडी समेत रहेकी सहायक हवल्दार…
Read Moreसवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन्। झापाको कमल गाउँपालिका-१ स्थित सडकमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बस्ने ७० वर्षीय शंखर प्रसाद ढुङगानाको शनिबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। दाङको लमही नगरपालिका-९ अमिलिया चोकस्थित सडकमा अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र.०२-००२ प २४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-७ रामनगर बस्ने…
Read Moreलघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग
काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्नसमेत माग गरेको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले ५ वर्षदेखि निरन्तर संघर्षपछि तत्कालिन प्रचण्ड सरकारसँग पीडितहरुको समस्या समाधानको लागि सहमति भएको तर अझै पनि त्यसको कार्यान्वयन नभएको गुनासो गरे । २०८०/०८१ मा तत्कालिन डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमिसिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले प्रतिवेदन तयार गरि सार्वजनिक र कार्यान्वयनका लागि अर्थमन्त्रालय पुगेको ज्ञवालीले बताए…
Read More