सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा बिहान नौ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ । हुम्ला र डोल्पा जिल्लाका केही मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन तयारी भइरहेको छ । विकटताका कारण हेलिकोप्टर प्रयोग गर्नु पर्ने मतदान केन्द्रको मतपेटिका ल्याउन तयारी भइरहेको छ । यहाँका २३ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न…
Read MoreCategory: कर्णाली
मुगुमा कुल ६१.३८ प्रतिशत मत खस्यो
मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार कुल ६१.३८ प्रतिशत मत खसेको जनाइएको छ । मतदाता विवरण अनुसार, महिला मतदाताको संख्या ११ हजार ५८४ र पुरुष मतदाताको संख्या १० हजार ५३१ रहेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले सुरक्षित र पारदर्शी तरिकाले मतदान सम्पन्न भएको जनाएको छ ।
Read Moreकर्णालीमा ५२ प्रतिशत मत खस्यो, मत पेटिका सदरमुकाम ल्याँइदै
सुर्खेत । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो । कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेदवार मैदानमा छन् । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमा ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार साँझ ५ बजेसम्म पाँच लाख ४५ हजार ५७६ मत खसेरको छ । कर्णालीमा जम्मा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । यहाँको हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत…
Read Moreकर्णालीमा ४५ प्रतिशत मतदान
सुर्खेत । कर्णाली प्रदेशमा तीन बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।१ बजेसम्म ३० दशमलव सात प्रतिशत मत खसेकोमा पछिल्लो दुई घण्टामा थप १५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीको १२ निर्वाचन क्षेत्रमा १० लाख ३७ हजार दुई सय ५० मतदाता रहेकोमा तीन बजेसम्म चार लाख ६८ हजार चार सय २५ मत खसेको छ । यो कुल मतदाताको ४५ दशमलब दुई प्रतिशत हो । तीन बजेसम्म सबै भन्दा बढी डोल्पामा ५९ दशमलव ४६ प्रतिशत र सबैभन्दा कम ३५ दशमलब २७ दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा…
Read Moreकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए ।
Read Moreकांग्रेसका पूर्वकार्यवहाक सभापति खड्काले गरे मतदान
सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ को गुर्भाकोटस्थित सूर्य ज्योति मावि मतदान केन्द्रमा पुगेर खड्काले मतदान गरेका हुन् । ०४८ सालबाट नियमित सुर्खेत १ बाट उम्मेदवार हुँदै आएका खड्का यस पटक कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्वबाट पदच्युत गरिएपछि चुनाव अवधिभर निष्क्रिय रहेका थिए ।
Read Moreमुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज(विहीबार)भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो । जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।
Read Moreकर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
सुर्खेत । कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोेगले जनाएको छ । त्यस्तै जुम्लामा ३१.२६, कालिकोटमा २६.७९, दैलेख क्षेत्र नम्बर १ मा…
Read Moreमुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित
मुगु । प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय गरेको छ । निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा शङ्कास्पद वस्तु (बम) फेला परेपछि मतदान प्रक्रियामा केही समय अवरोध सिर्जना भएको थियो । खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको नेपाली सेनाको टोलीले ती बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) पारेको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । बम भेटिएपछि सोरु क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ । स्थानीय बासिन्दा धर्मराज शाहीका अनुसार बम…
Read Moreदार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म शून्य मतदान
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माविमा १० बजेसम्म शून्य मतदान भएको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी विहान ७ बजे नै तयार रहेपनि हालसम्म एक जना मतदाता पनि भोट हाल्न नपुगेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । सो क्षेत्रमा मतदाताले ‘नो भोट’ अभियान थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दार्चुलाको नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका छन् । नागुमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल पुगेर छलफल गरेका…
Read More