सुर्खेत । कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनी घट्नु भन्दा बढ्दै गएको छ । शुक्रबार सार्वजनिक महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै थप ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँ बेरुजु थपिँदा यही आर्थिक वर्षमा एक करोड ७९ लाख १९ हजार थप भएको छ । महालेखाले उक्त वर्ष प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी…
Read MoreCategory: कर्णाली
कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन
सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्का तीन दिन देखि सुर्खेतमा छन् । नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् । पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ । खड्काले शनिबार देउवा समूहको भेलालाई सम्बोधन गर्नेछन् । १४ औँ महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ । यद्दपी यो भेलाको संयोजन गर्न कर्णालीका पुर्व मुख्यमन्त्री जीवन शाहीले जिम्मेवारी पाएका छन् । पार्टीको बृहत एकताका लागि भनिएको भेलामा पार्टीका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा…
Read Moreबीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले सम्झिने विश्वासिलो र भरपर्दो माध्यम बन्नुपर्ने उल्लेख गरे । ‘बीमा विपत्तिको साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ,’उनले भने । मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच…
Read Moreमुगुमा निःशुल्क शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत, दातृ संस्थाप्रति खुशी
मुगु । मुगुको शैक्षिक गुणस्तर सुधार गर्ने र आर्थिक रुपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन शैक्षिक सामग्री निःशुल्क वितरण भइरहेको छ । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडाक नेपाल मुगुद्घारा संचालित आइसीडिपी परियोजना अन्र्तगत शैक्षिक सामग्री वितरण हुँदै आएको हो । ‘हाम्रो मुगु, राम्रो शिक्षा’ अभियान अन्तर्गत छाँयानाथ रारा नगरपालिकलगायत चार स्थानिय तहका ६० विद्यालयका १४ सय १६ जान विद्यार्थीहरुलाई सन् २०१८ बाट यस्तो कार्यक्रम संचालन गरिरहेका हौं । ४ देखि १८ बर्ष उमेरसम्म सामूदायक बिद्यालयमा अध्यनरत प्रतिव्यक्ति २२ सय ३३ रुपैंयाँ का दरले प्रतिब्यक्तिलाई पोशाक,…
Read Moreभूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे । उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए । ’लोकतन्त्रमा जनताको…
Read Moreप्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ । जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए । भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको उनले बताए । शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो । जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन् गरिएको थियो ।…
Read Moreरास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ५० हजार नागरिकलाई सेवा सहज हुने
सुर्खेत । आजदेखि कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै प्रशासनिक सेवा पाउने भएका छन् । इलाका प्रशासन कार्यालय सञ्चालनसंगै कालिकोटका चार स्थानीय तहका नागरिकले एक दिनको यात्रामा सदरमुकाम आएर नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सास्ती अन्त्य हुनेछ । इलाका प्रशासनबाट रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुनेछ । कर्णालीका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले इलाका प्रशासन कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको रास्कोट नगरपालिकाका नगर प्रमूख धर्मराज शाहीले…
Read Moreदैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सम्पन्न
सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रबद्र्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको आयोजना गरेको हो । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको सम्मेलनमा कर्णालीका सात जिल्लाका लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक र झाँकी प्रस्तुत गरिएको थियो । नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा आयोजित यस सम्मेलनले कर्णालीको कला–संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने कर्णाली प्रदेशका समाजिक बिकासमन्त्री घनश्याम भण्डारीले बताए । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले नौमुलेमा सम्मेलन गरी यहाँको बहुभाषी सांस्कृतिक अवस्थालाई उजागर गर्न मद्त पुगेको…
Read Moreकर्णालीमा इन्धन भण्डारण नहुँदा उपभोक्तालाई सास्ती
सुर्खेत । कर्णालीमा इन्धनको भण्डारण नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । कर्णालीमा एक साताका लागि पनि भण्डारण सुविधा छैन । इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्था नहुँदा बर्षौदेखि सास्ती हुँदै आएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सबै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने ल्क्ष्य रहे पनि जग्गा अभावमा भण्डारणको प्रक्रिया अगाडि बढ्न नसकेको हो । प्रदेशमा दुर्गम भूगोल, कमजोर सडक सञ्जाल र मौसमजन्य अवरोधका कारण आपूर्ति श्रृङ्खला सहज नभएको अवस्थामा भण्डारण पूर्वाधारको अभावले जोखिम थपिएको छ । आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्तर्राष्ट्रिय आपूर्ति अवरोध हुँदा कर्णालीमा…
Read Moreविकासमा सुस्त कर्णाली : नौं महिनामा २४ प्रतिशत खर्च
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ दशमलव २१ प्रतिशत विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । फागुन मसान्तसम्म १९ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले पछिल्लो एक महिना चार प्रतिशत बजेट खर्च गरेको छ । ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म आठ अर्ब ३६ करोड २६ लाख ८१ हजार ८२ रुपैयाँ खर्च गरेको छ । यो कूल…
Read More