झापा(दमक) । इलाम क्षेत्र नम्बर २ मा पर्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माणको विषय फेरि राजनीतिक बहसको केन्द्र बनेको छ । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले गत साउन पहिलो साता उक्त सडक सात दिनभित्र नापी गरेर प्रक्रिया पूरा गरी ठेक्का लगाइने बताएका थिए । तर सात दिन त के, सात महिना बित्दासमेत ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । अहिले पनि कहिले ठेक्का लाग्छ भन्ने स्पष्ट अवस्था छैन । यो ढिलाइको प्रमुख कारण अदालतमा परेको मुद्दा र त्यससँग जोडिएको कानुनी जटिलता रहेको देखिन्छ । झापा जिल्ला अदालतले गत पुस २१ गते…
Read MoreCategory: कोशी
संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो
संखुवासभा । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा.अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । उनले संखुवासभाको भिरालो बाटोदेखि टार र बजारको छेउसम्म चुनावी घरदैलो गरिरहेका छन् । र्याली र सभा गर्दै किसानका खेतबारीसम्म उनले सक्रियता बढाएका हुन् । उनले शिक्षा र सीपलाई उत्पादन, उद्यम र स्थानीय अर्थतन्त्रसँग जोड्ने शिक्षा नीति प्राथमिकतामा राख्दै प्रतिवद्धता पत्र पनि अघि सारेका छन् । आफ्ना १० बुँदे नीतिगत र संरचनागत सुधारमार्फत संखुवासभालाई देशकै केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । उनले ऊर्जा उत्पादन र प्रसारण विस्तार, साना–ठूला जलविद्युत् आयोजनाको प्रभावकारी उपयोग,…
Read Moreझापा–५ मा तातिँदै चुनावी माहोलः दल र स्वतन्त्र दुवै पक्षका उम्मेद्वार घरदैलोमा सक्रिय
झापा । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी गतिविधि तीव्र बनेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् । विभिन्न पार्टिका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या संकलन गर्ने तथा पार्टीको एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उनीहरू गाउँ टोलमा पुगेका हुन् । यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्…
Read More‘जेनजी’ जोशका विदुर वस्नेत भन्छन :‘मेरो प्रतिस्पर्धा कसैसँग छैन’
उदयपुर । उमेर ७० वर्ष । तर जेनजी जोश । गति यस्तो तेज छ, कि युवाहरु नै विदुर बस्नेतसँग घरदैलो गर्दा लखतरान हुन्छन् । तर विदुर गल्दैनन् । हिँड्न् मात्रै होइन उस्तै जोशका साथ मतदातासँग संवाद पनि गर्छन् उनी । मानौं ‘जेनजी’ उम्मेदवार हुन् उनी । अनुभव, सक्रियता र आत्मविश्वासले भरिएका विदुर बस्नेत फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत यसअघि दुई कार्यकाल उदयपुर कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् ।…
Read Moreसंखुवासभाले सिंगो नेपाललाई पाल्न सक्छ, त्यसमा म काम गर्न चाहन्छु : डा.अर्जुन कार्की
संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट संखुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले संखुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गरेका छन् । हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उनले भने,‘म संखुवासभालाई देश तथा बिदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ दिन चाहन्छु । हाम्रो जिल्लाले सिंगो नेपाललाई पाल्न सक्छ । संखुवासभा जलविद्युतको राजधानी हो, यहाँको जलविद्युतबाट सिंगो नेपाललाई पाल्न सक्छौं भन्नेमा विश्वास दिलाउन चाहन्छु । नेपाल बनाउने काममा म भूमिका निर्वाह गर्न चाहन्छु, यसका लागि मलाई विजयी गराउनुहोला ।’ विगतका काम, सामाजिक विकासमा योगदान…
Read Moreकांग्रेस सभापति थापालाई विराटनगरमा स्वागत
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापालाई विराटनगर विमानस्थलमा समर्थक तथा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन् । सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका सभापति थापालाई पार्टीका नेता–कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि तथा समर्थकहरूले फूलमाला र नाराबाजीसहित स्वागत गरेका हुन् । विमानस्थलमा संक्षिप्त भेटघाटपछि थापा प्रदेशस्तरीय कार्यक्रमका लागि विराटनगरमा सहभागी हुनेछन् । त्यसपछि उनी कार्यकर्तासँग भेटघाट गर्दै सर्लाही जाने कार्यतालिका रहेको छ । कार्यक्रममार्फत संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
Read Moreसमस्या समाधान नगरी गरिने विकास केवल देखावटी हुन्छ : खड्ग फागो
उर्लाबारी । नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको माध्यमभन्दा पनि जनजीवन सुधारको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् । चुनावी अभियानअन्तर्गत विभिन्न स्थानमा गरिएको मतदाता भेटघाट, घरदैलो तथा अन्तक्र्रिया कार्यक्रममा उनले क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधान गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको स्पष्ट पारेका हुन् । ‘राजनीति पद र कुर्सीका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ, फागोले उर्लाबारी, केराबारी र मिक्लाजुङ क्षेत्रका मतदातासँगको संवादमा भने, ‘जनताले दैनिक भोगिरहेका समस्या समाधान नगरी गरिने विकास केवल देखावटी हुन्छ ।’ उनका…
Read Moreमेरो प्रतिस्पर्धा व्यक्ति होइन, क्षेत्रका समस्या हुन् : खड्ग फागो
उर्लाबारी । नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको दौडभन्दा माथि उठेर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा र जिम्मेवारीको विषयका रूपमा परिभाषित गरेका छन् । चुनावी प्रतिस्पर्धालाई व्यक्ति वा दल केन्द्रित बहसमा सीमित गर्नुको सट्टा यस क्षेत्रले भोग्दै आएका संरचनागत समस्या र विकासका अधुरा पूर्वाधारसँग जोड्नुपर्ने उनको धारणा छ । ‘मेरो प्रतिस्पर्धा भनेको नै यस क्षेत्रको समस्या हो, विकासका पूर्वाधारको काम हो,’ फागोले चुनावी भेटघाटका क्रममा मिक्लाजुङ स्थित रमितेमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने । उनका अनुसार मोरङ–१ का नागरिकले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र शहरी व्यवस्थापनजस्ता…
Read Moreसीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान
विराटनगर । मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए । बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल (विराट मेडिकल कलेज) पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए। बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो…
Read Moreसंखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
संखुवासभा । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्। प्रारम्भिक विवरण अनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संखुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एमालेबाट डा.अर्जुन कार्की, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे…
Read More