भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ । करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन, स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ । वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ । स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का…

Read More

मन्दिर बनाइदिन पासबानहरुको आग्रह

माेरङ,  २ जेठ । पथरीशनिश्चरे ४ को पासवानटोलमा ५ वर्ष अघि निर्माण सुरु भएको सलहेस महाराजको मन्दिर आर्थिक अभावकै कारण निर्माण पुरा नभएकाले सो मन्दिर निमार्ण पुरा गरिदिन स्थानिय पासवान समुदायले आग्रह  गरेका छन् । बजेट अभाव मै महाराज मन्दिर निर्माण कार्य अलपत्र भएको हो । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७७ ÷ ७८ मा सहयोग गरेको र त्यसपछि कुनै सहयोग नभएकाले पनि मन्दिर निर्माण कार्य अलपत्र भएको हो । मन्दिर निर्माण समितीका सचिव संजय पासवानका अनुसार आर्थिक अभाव भएपछि अहिले मन्दिरको निर्माण कार्य रोकिएको छ । स्थानिय पासवान समुदायले आफै…

Read More

श्रम संस्कृति पार्टी मोरङ जिल्ला नेतृत्व चयन

माेरङ,  २ जेठ । श्रम संस्कृति पार्टी मोरङ जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयन गरिएको छ। समितिको अध्यक्षमा कुल बहादुर लिम्बू चयन भएका छन् भने उपाध्यक्षमा शान्ति बस्नेत र सन्जय क्रान्तिकारी रहेका छन्। त्यसैगरी सचिवमा धर्मराज राई, कोषाध्यक्षमा मोहम्मद जविउल्ला तथा सहसचिवमा मोहन मादेन लिम्बू चयन भएका छन्। समितिमा अशोक राई लगायत विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी ३५ जना नेतृत्वसहितको टिम गठन गरिएको जनाइएको छ। नवगठित कार्य समितिले श्रमिक अधिकार, सांस्कृतिक संरक्षण तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Read More

एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ । गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स…

Read More

विश्व रेडक्रस दिवसः सोलुखुम्बुमा जीवनरक्षक भूमिकामा रेडक्रस

सोलुखुम्बु । आज विश्व रेडक्रस दिवस मानवता, निष्पक्षता र सेवाको भावनालाई स्मरण गर्ने विशेष दिन। यही सन्दर्भमा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य, राहत तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर जीवनरक्षक भूमिका निभाउँदै आएको छ । विश्व रेडक्रस दिवसको अवसरमा जिल्लामा रेडक्रसले पुर्याउँदै आएको योगदान फेरि एकपटक चर्चामा आएको छ । मानवता, निष्पक्षता र सेवाको भावनालाई आत्मसात् गर्दै रेडक्रसले विशेषगरी दुर्गम क्षेत्रका नागरिक तथा तीर्थयात्रीलाई लक्षित गरेर विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । दुधकुण्ड मेलाको समयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर यसको प्रमुख उदाहरण बनेको छ । उक्त…

Read More

मेची राजमार्गको राजदुवाली खण्डमा फेरि सास्ती : जाममा परे सांसद राई, दिगो समाधानको माग तीव्र

इलाम । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली–माईखोला भञ्ज्याङ खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको सडक समस्या फेरि सतहमा आएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद निस्कल राई आफैं सडक जाममा परेपछि उक्त खण्डको समस्या थप चर्चामा आएको हो। सांसद राई आज (शनिबार) इलाम सदरमुकाम आउने क्रममा करिब ३ किलोमिटर लामो राजदुवाली खण्डमा सवारी जाममा परेका थिए। निरन्तर वर्षा, हिलो र सडकको कमजोर अवस्थाका कारण सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले घण्टौं सास्ती व्यहोर्नुपरेको थियो। उक्त खण्ड विशेषगरी माईखोला भञ्ज्याङ क्षेत्रमा बारम्बार पहिरो झर्ने, सडक भासिने र हिलो हुने समस्याका कारण…

Read More

खुम्बुमा जलवायु न्यायका लागि विज्ञको ऐतिहासिक छलफल, हिमाल जोगाउन दिए यस्तो सुझाव

सोलुखुम्बु, गोक्यो । जलवायु परिवर्तनका बढ्दो असरबारे प्रत्यक्ष अध्ययन, बहस र समाधान खोज्ने उद्देश्यले खुम्बुको गोक्यो बेस क्यापसमा सोमबार विशेष संवाद सम्पन्न भएको छ । उक्त कार्यक्रम मा हिमनदी विज्ञ अरुणभक्त श्रेष्ठले हरित गृह ग्यासको वृद्धि र त्यसबाट उत्पन्न जलवायु परिवर्तन भएको उल्लेख गर्दै सन् द्दण्द्दघ यता तापक्रम वृद्धि, हिमनदी पग्लिने दरमा तीव्रता, पानीका मुहान सुक्दै जानु र अनियमित वर्षाजस्ता समस्याले अवस्था अझ गम्भीर बनेको बताए । उनले भने, ‘जलवायु परिवर्तन बुझ्न विज्ञान मात्र पर्याप्त छैन, स्थानीय समुदायको ज्ञानसँग जोड्न सके मात्र दिगो समाधान सम्भव हुन्छ ।’ गोक्यो क्याङमिट समिटका…

Read More

पर्यटकीय गन्तव्य बन्दै थुम्केरानी इलाम

इलाम । पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको थुम्केरानी पछिल्ला वर्षहरूमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि लोकप्रिय बन्दै गएको छ । इलाम सदरमुकामबाट नजिक पर्ने भएकाले पनि यो पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको हो । इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करिब…

Read More

विराटनगर विमानस्थलमा ‘फूल स्केल एक्सरसाइज’, दुर्घटनापछिको उद्धार प्रणालीको परीक्षण

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ । अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो । परिकल्पनाअनुसार काठमाडौंबाट बिहान ७ः२० बजे उडेको ‘एक्सरसाइज एयर’को इए–००६ नम्बरको विमान अवतरणका क्रममा ‘एब्नर्मल रनवे कन्ट्याक्ट’ भएपछि पहिलो प्रयास असफल भई ‘मिस्ड अप्रोच’ गरिएको देखाइएको थियो । त्यसपछि बायाँ ल्यान्डिङ गियरमा समस्या देखिँदा पुनः अवतरण गर्ने क्रममा बिहान करिब ८ः०५ बजे दुर्घटना भएको…

Read More

कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी ममतामयी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । बुधबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्कीकी आमाको २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगर स्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना पश्चात् फागुन २० गते डा. सन्तोष नेपालसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया समेत गरेको थियो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको…

Read More