इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गर्ने तय गरिएको थियो । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन,…
Read MoreCategory: कोशी
सामाजिक सञ्जालमा मतप्रश्न नगर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लङ्घन हुनसक्ने घटनाबारे सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ,‘फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस…
Read Moreमोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन् । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूलाई फेरि एकपटक जनमतको कसीमा राखेका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र…
Read Moreपूर्वराजदूत डा.अर्जुन कार्कीलाई जिताउन संखुवासभामा धमाधम चुनाव परिचालन कमिटी गठन
संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्की चुनावी दौडमा छन् । डा.कार्कीलाई विजयी गराउन विभिन्न नगरपालिकाहरुले चुनाव परिचालन कमिटी विस्तार गर्न थालेका छन् । हालै एमाले खाँदबारी नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकमार्फत ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको छ । एमाले पुर्वस्थायी कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख एवम केन्द्रीय सदस्य राजेन्द्र प्रसाद गौतमको प्रमुख आथित्यता चुनाव परिचालन कमिटी बनाइएको हो । नगर कमिटी अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सङ्खुवासभा निर्वाचन परिचालन…
Read Moreबालेनले लिए रविको हातबाट झापा–५ को टिकट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।
Read Moreइटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ । महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ । त्यस्तै, २०८१…
Read Moreकोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् । नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार एमाले र कांग्रेसबाट चार–चार जना मन्त्री र एक–एक जना राज्यमन्त्री सहभागी गराइएको…
Read Moreनेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ । सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा हस्ताक्षर पछि कुरा गर्दै पर्यटन बोर्डका कार्यकारी निर्देशक जोशीले बोर्डले निजी क्षेत्रसँग काम गर्ने तथा प्रवद्र्धनका क्षेत्रमा काम गर्ने भएकाले कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालयसँग थप सहकार्य अघि बढाउने बताए । उनले सम्झौताको विषयसँगै सहकार्यका अनेक पाटामा सँगसँगै हिँड्ने बताए…
Read Moreलेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न
मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे । अंशुको अन्तिम विदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागि भए । बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो। असोज २३ गतेदेखि हराएकी अंशुको शब…
Read Moreविराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको…
Read More