सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६…

Read More

इलाम, पाँचथर र संखुवासभाका चार गर्भवती महिलाको हवाई उद्धार

विराटनगर । लगातारको वर्षाका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत सोमबार इलामको माइजोगमाई र सन्दकपुर, पाँचथरको फिदिम, र संखुवासभाको भोटखोलाबाट गर्भवती महिलाहरूलाई उद्धार गरिएको हो । नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएका ती चारै महिलालाई झापास्थित बी एण्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगर पु¥याइएको सेनाले जनाएको छ ।

Read More

तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ । तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ । यात्रुहरुको विवरण आइसकेको छैन् । घट्ना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए । स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालय…

Read More

समाजसेवीदेखि जनप्रतिनिधिसम्मको श्रमदानमा सहभागिता

मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ। अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ। श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क थप आकर्षक बनेको छ। स्थानीय युवादेखि समाजका वरिष्ठ नागरिकसम्मको सक्रियता देखिएको थियो। “श्रमदान अभियानले सरसफाइ मात्र होइन, समाजलाई एकजुट गराउने शक्ति बोकेको छ,” स्वतन्त्र नागरिक समाजका अध्यक्ष ललिल बहादुर लिम्बुले बताउनुभयो। उहाँले प्रत्येक सातामा सहभागिता बढ्दै गएको र…

Read More

नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय

कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो । बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका…

Read More

तेलिखाेलामा ७० वर्षीय पुरुषको शव फेला

लेटाङ, लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी तेली खोलामा आज मृत अवस्थामा फेला परेका छन् । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । प्रहरीका अनुसार मृतकको मृत्युको कारणबारे यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

मोरङ्गमा आन्दोलनको असर वडा कार्यालय देखी प्रहरी कार्यालय सम्ममा क्षती

मोरङ्ग, १ असोज । जेन जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर एक सय पचास भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित भएका छन्।   जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्कअनुसार, संघीय कार्यालय ७३ मध्ये २१ वटा क्षतिग्रस्त भएका छन् भने २२ वटा आंशिक रूपमा प्रभावित भएका छन्। त्यस्तै, प्रदेश सरकारअन्तर्गतका कार्यालय ३९ मध्ये १४ वटा क्षतिको सूचीमा परेका छन्।   स्थानीय तहका संरचनामा पनि ठूलो क्षति भएको छ। मोरङका १७ वटा पालिकाभवनमध्ये १० वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १५९ वडा…

Read More

जाँते ज्यामिरेको सडक अवरुद्ध, जनजीवन कष्टकर

मोरङ, १ असोज । लेटाङ नगरपालिका–८ स्थित जाँते ज्यामिरे मुख्य सडकमा गएको ठूलो पहिरोका कारण यातायात पूर्णरूपमा ठप्प भएको छ। सडक अबरुद्ध भएपछि एम्बुलेन्ससहित अत्यावश्यक सवारी साधन चल्न नसक्दा स्थानीयवासीलाई उपचार, बजार आपूर्ति र दैनिक आवतजावतमा ठूलो समस्या भएको छ। अचानक पहिरो खस्दा पैदलयात्रीहरू समेत जोखिममा पर्न थालेका छन्। बिरामीलाई अस्पताल लैजान कठिनाई भएको छ भने विद्यालय जाने विद्यार्थी र बजार आवतजावत गर्ने स्थानीयवासीलाई हिँडडुलमै बाधा उत्पन्न भएको छ। यो सडक कालोपत्रेका लागि ठेक्का आह्वान भएता पनि बजेट सुनिश्चित नभएको भन्दै निर्माण कम्पनिले काम लथालिङ छाडेर गुमनाम भएको छ। यस अवस्थालाई…

Read More

आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।   दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा…

Read More

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री

संखुवासभा, १५ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् ।   उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए । गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो।   उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल…

Read More