बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बिच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बिच बाटोमै बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लागेपछि बच्चा जन्माउन स्वास्थ्य संस्था जाँदै गर्दा उनले बिच बाटोमा बच्चा जन्माएकी हुन् । स्वास्थ्य संस्था टाढा हुँदा भण्डारीले बाटोमा बच्चा जन्माउनु परेको हो । भण्डारीले तेस्रो सन्तानको रूपमा छोरीलाई जन्मिएकी हुन् । उनका दुई छोरी समेत छन् । गाउँबाट फायल गाउँ आधारभूत स्वास्थ्य चौकी जाँदैगर्दा स्वास्थ्यकर्मीको सहायताले उनले बाटोमै बच्चाको जन्म दिइन् । सुत्केरी गराउन स्वास्थ्य संस्था…
Read MoreCategory: सुदुरपश्चिम
बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत
बाजुरा । बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको हो । बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो। तर यी पाँच उम्मेदवारले सो मत ल्याउन नसक्दा धरौटी जोगाउनबाट पछी परेका हुन् । धरौटी जफत हुनेमा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह, राप्रपाका केशर बहादुर शाही, प्रलोपाका दिपक डिसी, माओवादीका भुपेन्द्र विक र स्वतन्त्र उम्मेदवार उपेन्द्र…
Read Moreबाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु
बाजुरा । बाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसँगै अहिले सर्वदलीय बैठक बसेको हो । बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन्। बैठकमा उम्मेदवार र दलका प्रतिनिधी बोलाइएको छ । बैठकमा मतगणनाको विषयमा छलफल हुने बताइएको छ । बैठक पश्चात् पाँच बजेबाट मतगणना हुने अनुमान गरिएको छ ।
Read Moreबाजुरामा ११५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे
बाजुरा । बाजुरामा ११५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज बिहान पाँच बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन् । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन पश्चात् यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तिन बाहेक अरू सबै केन्द्रका मतपेटिका पुगेका हुन् । हिमाली गाउँपालिका–३ मा रहेको हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको थियो । ११५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने छ । हिमाली गाउँपालिका–३ रहेको गङ्गा आधारभूत विद्यालय बौडी,वडा नम्बर १ मा…
Read Moreभयरहित वातावरणमा बाजुरामा निर्वाचन सम्पन्न, ४४ हजार बढी मत खसे
बाजुरा । बाजुरामा पहिलोपटक शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । २०४८ सालयता बाजुरामा हरेक निर्वाचनमा धाँधली,झैझगडा र बुथ कब्जा हुने गरेका थिए । यो निर्वाचन भने भयरहित वातावरणमा सम्पन्न हुँदा यसलाई नमुना मतदानको रुपमा लगिएको छ । यहाँका नागरिकले आफ्नो मत आफैंले हाल्न पाएका छन् । पहिलो पटक शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान ७ बजेबाट ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नघटी शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको…
Read Moreबाजुरामा शान्तिपूर्ण निर्वाचन, मतदान धमाधम
बाजुरा । बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । यहाँ ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो । विहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि अहिलेसम्म(दिउँसो १ बजे) करिब ३४ हजार बढी मत खसेको हो । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उच्च जोखिममा रहेका मतदान स्थलमा उच्च…
Read Moreक्रियापुत्रीले पनि गरे मतदान
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१ निवासी ९३ वर्षीया रुपा मल्लको नौं दिनअघि आफ्नै निवासमा निधन भएको थियो । मृतकका छोरा ललिजङ मल्ल, राजन मल्ल र बिनोद मल्लले बिहीबार बिहान १० बजेर ४४ मिनेटमा उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । त्यसैगरी सोही वडामा १० दिनअघि निधन भएकी अर्की ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द्र मल्ल र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्ने तयारी गरेको छिमेकी सुरेन्द्रबहादुर मल्लले जानकारी दिएका…
Read Moreबाजुरामा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै (तस्वीरहरु)
बाजुरा । बाजुरामा यतिखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रहरूमा अहिलेसम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भईरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विगतमा जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्था समेत मजबुत पारिएको छ । मतदाताहरूले निर्धक्क तरिकाले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई युवाको मृत्यु समेत भएको थियो । यो पटकको निर्वाचनमा अहिलेसम्मको वातावरण…
Read Moreसुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु
काठमाडौं । सुदूरपश्चिममा प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मि पुगिसकेका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार तोकेको समयमै सबै क्षेत्रमा निर्वाचन सुरु भएको विवरण प्राप्त भएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि पदम् विष्टले…
Read Moreएमालेको जित नै देशको जित हुने – पेम्बा गुरुङ
बाजुरा । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले तथा जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटे अहिले एमालेको जित नै देशको जित हुने बताए । बुढीनन्दा नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको उम्मेदवारको जित पार्टीको मात्र नभई देशकै जित हुने दाबी गरे । उनले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गर्दै अहिले मुलुक आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेको बताए । गुरुङलेअब राजनीतिक क्रान्ति सम्पन्न भइसकेको उल्लेख गर्दै आगामी चरण आर्थिक क्रान्तिको भएको बताए । उनले बुढीनन्दा क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य एमालेले लिएको र त्यसका लागि…
Read More