बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने संकेत

बाजुरा । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाजुरामा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । बाजुराबाट उम्मेदवारी दिएका एक स्वतन्त्रसहित अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन् । जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ । बाजुरामा मुख्य गरी चार राजनीतिक दलको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो। कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रकाश बहादुर शाह र राष्ट्रिय…

Read More

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्। शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाईते भएका थिए । उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Read More

कुशलतापुर्वक एक्लाएक्लै गाउँगाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही

बाजुरा । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको माहोल देशैभरी छाएको छ। यतिवेला सम्पूर्ण उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन्। बाजुरामा पनि चुनावी माहोल निकै तातेको छ। बाजुराबाट आसन्न प्रतिनिधि सभा निर्वाचनको लागी उम्मेदवारी दिएका उम्मेदवार यतिवेला जनताको घरदैलोमा पुगिरहेका छन्। यसै बिच बाजुराका स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही जनताका जनआकांका बुझ्न र भोट माग्न घरदैलो अभियानमा व्यस्त छन्। अन्य पार्टीका राजनितीक दलका व्यक्ति ठुलो तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन् भने शाही एक्लाएक्लै जनताको घरदैलोमा पुगेर भोटको अपिल गर्दै आएका छन्।उनको भोट माग्ने कुशलता निकै प्रसंशा…

Read More

घरदैलो अभियानमा व्यस्त एमाले उम्मेदवार थापा

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी एमाले बाजुराबाट उम्मेदवार बनेका नेता लाल बहादुर थापा यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो बिजयी हासिल गनको लागि बाजुराका दुर्गम बस्तिमा रहेका मतदाताहरु संग नेता थापाले भोटको अपिल गर्दै आएका छन्। नेकपा (एमाले) बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ९ वटै स्थानीय तहमा कार्यकर्ता भेला तथा चुनावी अभियान सञ्चालन गरेको छ । कार्यकर्ता संग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगो एमाले बाजुरा घरदैलो अभियान गरिरहेको छ। आगामी निर्वाचनमा…

Read More

कांग्रेस बाजुराको घरदैलो अभियान : विरासत जोगाउने प्रयासमा

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कांग्रेस बाजुराले यतिबेला घरदैलो अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बाजुराबाट उम्मेदवार बनेका नेता जनकराज गिरीलाई निर्वाचित गराउन कांग्रेस बाजुरा घरदैलो अभियानमा जुटेको हो । कांग्रेस बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका विभिन्न गाउँबस्तीमा कार्यकर्ता भेला तथा चुनावी अभियान गरिरहेको छ । कार्यकर्तासंग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगो कांग्रेस एकढिक्का भएर अभियानमा लागेको हो । कांग्रेस बाजुरा २०७९ को जस्तैःविरासत जोगाउने दाउमा चुनावी मैदानमा उत्रेको छ । २०७९ सालको प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस…

Read More

सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुर र कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ । बिहीबार माघ २२ गतेबाट सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही उक्त प्रदर्शनी सुरु भएको हो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २६ गतेसम्म चल्नेछ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकबहादुर विष्टले उद्घाटन गरेका थिए । प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक…

Read More

बैतडी जन्तीबस दुर्घटनामापरी १३ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो। मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्। त्यस्तै डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिकका वडा नम्बर ७ का २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका वडा नम्बर ७ का १४ वर्षीया सुशील जोशीको उपचारका…

Read More

मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण तिब्र हुन थालेपछि यहाँको खेतियोग्य जमिन मासिँदै गएको छ। सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य धमाधम बढेसंगै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो । पहिले यहाँ वरपर सिंगो खेतीयोग्य जमिन खाली देखिने गरेकोमा अहिले चारैतिर भवनहरु भरिभराउ छन् । पहिले र अहिलेको सदरमुकामको अवस्थामा आकास पातलको फरक छ । खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि खेती गर्ने खेतहरु पनि बिस्तारै मासिँदै गएका हुन् । खेतीयोग्य जमिन मासिन थालेपछि कृषि खेतीमा असर परेको हो। उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा…

Read More

बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

बाजुरा । बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् । अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्। उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए । उनका…

Read More

बाजुरामा देउडा परम्परा : संस्कृति, पहिचान र समृद्धिको जीवित धरोहर

बाजुरा । बाजुरामा देउडा गीत, नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्थानीय पहिचान र सांस्कृतिक अस्तित्वको जिवन्त अभिव्यक्ति बनेर जगेर्ना हुँदै आएको छ । स्थानीय भाषा समुदायमा सृजना भएका देउडा गीतले समयक्रममा अत्यधिक लोकप्रियता कमाउँदै यस क्षेत्रभन्दा बाहिर समेत गहिरो प्रभाव छाडेको छ । दशैँ, तिहार, भुवापर्व, गौरा पर्व, मेला, पुतला, रत्यौलीदेखि विवाह उत्सवसम्म लगभग सबै सांस्कृतिक तथा धार्मिक अवसरमा देउडा प्रस्तुति अनिवार्यझैँ मानिन्छ । एकल रूपमा गाइने देउडा अहिले समूहमा ‘डेढ कदम’ मेलाउँदै गोलो घेरामा प्रस्तुत गरिने अनोठो शैलीका कारण अझ प्रभावकारी बन्दै गएको छ । देउडा शब्दको उत्पत्तिबारे…

Read More