सिरहा । सिरहाको गोलाजार नगरपालिका ३ मा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित पार्न वडा स्तरीय फुटबल प्रतियोगिता गरिरहेको पाइएको छ । फागुन–२१ प्रतिनिधिसभाको राजनीतिक माहोल तातेका बेला वडा अध्यक्षले आफ्नो उम्मेदवारलाई समर्थन गर्नका लागि प्रतियोगितामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको आरोप छ । स्थानीयवासीहरूका अनुसार प्रतियोगिताको नाममा राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्य राखिएको छ।सोही वडाका एक स्थानीयले भने, नेकपा पार्टीबाट सिरहा क्षेत्र नं–३ का उम्मेदवार बिश्वनाथ साहले एक लाख रुपैयाँ सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार सो सहयोग मतदातालाई आकर्षित गर्ने रणनीतिअन्तर्गत प्रदान गरिएको हो। यता वडाअध्यक्ष धनप्रसाद…
Read MoreCategory: फुटबल
आठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलमा विशेष कार्यक्रम आयोजना गरी खेलतालिका (टाइसिट) सार्वजनिक गरेको हो। कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा प्रतियोगितामा सहभागी १६ टिमका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत टाइसिट तय गरिएको थियो। उक्त अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले…
Read Moreभारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल पनि उपस्थित थिए । अजय देवगनले फुटबल स्टारहरूसँग हात मिलाएपछि उनलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले स्वागत गरेका थिए । मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजित कार्यक्रममा क्रिकेट र फुटबल दुवैका प्रशंसकहरूका लागि यो दिन अविस्मरणीय बनेको थियो । मेस्सी आफ्नो GOAT इन्डिया टुर २०२५ को क्रममा वानखेडे स्टेडियम पुगेका थिए । सो अवसरमा उनले भारतीय फुटबलका दिग्गज सुनिल क्षेत्री र भारतरत्न प्राप्त क्रिकेट आइकन सचिन…
Read Moreकोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन
काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो । प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ । प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ । श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम…
Read Moreएन्फा प्रेसिडेन्ट लिगको फाइनलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी
काठमाडौँ।हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलको फाइनलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी प्रवेश गरेका छन्। गौरीटार रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढ्यो।लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको २०औँ मिनेटमा प्रारम्भिक गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा राम थापाले गोल थप्दै टोलीलाई फाइनलमा पुर्याए। त्यसैगरी दोस्रो सेमिफाइनलमा चित्लाङ एफसीले नव जन जागृति क्लबलाई रोमान्चक भिडन्तमा सडनडेथमा ९–८ ले हराउँदै फाइनल बुक गर्यो।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो, जहाँ अन्ततः चित्लाङ विजयी भयो।
Read Moreएलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लब च्याम्पियन, मिनादेउवा उत्कृष्ट खेलाडी घोषित
भद्रपुर, झापा – शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। खेलको २२ औँ मिनेटमा पुलिसकी मिना देउवाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्। रेखाको प्रयास डिफेन्डरबाट फर्किएको बल मिना देउवाले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलकिपरलाई कुनै मौका नदिई जालीमा पठाएकी थिइन्। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो। उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्यो भने उपविजेता एपिएफ क्लबले…
Read Moreबङ्गलादेश र मलेसियाविरुद्ध खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ
काठमाडौँ, कात्तिक २४ गते – बङ्गलादेश र मलेसियाविरुद्धका आगामी खेलहरूका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतका पदाधिकारी उपस्थित थिए। कार्यक्रममा मन्त्री गुप्ताले टोलीलाई शुभकामना दिँदै देशको प्रतिष्ठा उचो राख्ने खेल प्रदर्शन गर्न आग्रह गरे। नेपालले नोभेम्बर १३ मा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेपछि नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटअन्तर्गतको महत्त्वपूर्ण खेल खेल्नेछ। अन्तरिम प्रमुख प्रशिक्षक हरी खड्काले यसअघि कप्तान किरण चेम्जोङको नेतृत्वमा टोली घोषणा…
Read Moreशहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ मंसिर ४ गतेदेखि सुरु हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार शहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ आगामी मिति २०८२ मंसिर ४ गतेदेखि सुरु हुने भएको छ। एन्फाका महासचिव किरण राईद्वारा जारी विज्ञप्ति अनुसार प्रतियोगितामा सहभागी सम्पूर्ण क्लबहरुलाई २०८२ असोज मसान्तभित्र एन्फामा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि सम्पर्क व्यक्ति सन्त राई (मो. ९८४१८७३५२४) लाई सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ। एन्फाले सबै सहभागी क्लबहरुलाई निर्धारित समयमा सम्पर्क गर्न आग्रह गर्दै खेल सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ।
Read Moreसाफ क्लब महिला च्याम्पियनसिप नेपालमा हुने
काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको छ। ऐतिहासिक यो प्रतियोगिता नेपालमा आगामी ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म सञ्चालन हुनेछ। यस च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच शक्तिशाली महिला क्लब टिमहरूबीच उपाधि भिडन्त हुनेछः नस्रिन स्पोर्ट्स एकेडेमी (बंगलादेश) ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी (भूटान) ईस्ट बंगाल एफसी (भारत) एपीएफ फुटबल क्लब (नेपाल) कराची सिटी फुटबल क्लब (पाकिस्तान) यस प्रतियोगिताले दक्षिण एसियाली महिला क्लब फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पहिलोपटक आयोजना हुँदै गरेको यो च्याम्पियनसिपले क्षेत्रीय महिला फुटबलको विकास, प्रतिस्पर्धा र ऐक्यबद्धतालाई बलियो…
Read Moreनेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले विधान पारित
काठमाडौँ – नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको नयाँ विधान पारित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न सभाले विधान अनुमोदन गर्दै संघलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष विक्रम लामाका अनुसार नयाँ विधानअनुसार ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्नेछन्। साथै व्यवसायिक रूपमा प्रशिक्षणमा संलग्न हुने खेलाडीको सदस्यता स्वतः खारेज हुने व्यवस्था गरिएको छ। विधानले ए, बी, सी डिभिजनका खेलाडीलाई समेत संघको केन्द्रीय परिषद्मा मनोनयन गर्न सक्ने प्रावधान राखेको छ। यसअघि भने केवल सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र सदस्यता लिन पाउने व्यवस्था थियो।…
Read More