सुनसरी । मिल्स भेट्रान क्लब छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विजयी सुरुवात गरेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा पथरी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मिल्स सेमिफाइनलमा पुगेको हो । खेलको म्यान अफद म्याच मिल्सका हर्क गुरुङ घोषित भए । मङ्गलवारको तेस्रो क्वाटरफाइनल खेल एभरेस्ट भेट्रान मोरङले आयोजक हाम्रो इटहरी भेट्रान क्लबको सामना गर्नेछ । चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१…
Read MoreCategory: फुटबल
कोच्चिमा विवाद: भारतीय टोलीलाई प्रेस कन्फ्रेन्समा प्रवेश रोक, भुक्तानी नहुँदा समस्या
काठमाडौं। भारतीय पुरुष सिनियर फुटबल टोलीले जवाहरलाल नेहरू स्टेडियम कोच्चिमा अनपेक्षित समस्याको सामना गर्नुपरेको छ। सुरक्षा निक्षेप (सिक्योरिटी डिपोजिट) भुक्तानीसम्बन्धी विवादका कारण खेलाडी तथा प्रशिक्षकलाई प्रेस कन्फ्रेन्स हलमा प्रवेश गर्न रोक लगाइएको हो। भारत राष्ट्रिय फुटबल टिमका खेलाडीहरू र मुख्य प्रशिक्षक खालिद जमील मार्च ३१ मा हङकङविरुद्ध हुने एएफसी एसियन कप क्वालिफायर खेलअघि निर्धारित प्रेस कन्फ्रेन्सका लागि स्टेडियम पुगेका थिए। तर भुक्तानी विवादका कारण अन्तिम समयमा कार्यक्रम रद्द गर्नुपर्यो। टोलीमा केरलका स्थानीय खेलाडीहरू आशिक कुरुनिया, सहल अब्दुल समद र विजय वर्गीस पनि सहभागी थिए। के हो विवाद? यो विवाद स्टेडियमका मालिक ग्रेटर…
Read Moreनेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै एन्फाले नेपाल र हङकङबीचको खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको दाबी गरेको हो । एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राखेपका सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको स्पष्ट पारेको छ । एन्फाले आइतबर कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिदिएको…
Read Moreफुटवल प्रतियोगितामार्फत निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप
सिरहा । सिरहाको गोलाजार नगरपालिका ३ मा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित पार्न वडा स्तरीय फुटबल प्रतियोगिता गरिरहेको पाइएको छ । फागुन–२१ प्रतिनिधिसभाको राजनीतिक माहोल तातेका बेला वडा अध्यक्षले आफ्नो उम्मेदवारलाई समर्थन गर्नका लागि प्रतियोगितामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको आरोप छ । स्थानीयवासीहरूका अनुसार प्रतियोगिताको नाममा राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्य राखिएको छ।सोही वडाका एक स्थानीयले भने, नेकपा पार्टीबाट सिरहा क्षेत्र नं–३ का उम्मेदवार बिश्वनाथ साहले एक लाख रुपैयाँ सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार सो सहयोग मतदातालाई आकर्षित गर्ने रणनीतिअन्तर्गत प्रदान गरिएको हो। यता वडाअध्यक्ष धनप्रसाद…
Read Moreआठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलमा विशेष कार्यक्रम आयोजना गरी खेलतालिका (टाइसिट) सार्वजनिक गरेको हो। कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा प्रतियोगितामा सहभागी १६ टिमका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत टाइसिट तय गरिएको थियो। उक्त अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले…
Read Moreभारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल पनि उपस्थित थिए । अजय देवगनले फुटबल स्टारहरूसँग हात मिलाएपछि उनलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले स्वागत गरेका थिए । मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजित कार्यक्रममा क्रिकेट र फुटबल दुवैका प्रशंसकहरूका लागि यो दिन अविस्मरणीय बनेको थियो । मेस्सी आफ्नो GOAT इन्डिया टुर २०२५ को क्रममा वानखेडे स्टेडियम पुगेका थिए । सो अवसरमा उनले भारतीय फुटबलका दिग्गज सुनिल क्षेत्री र भारतरत्न प्राप्त क्रिकेट आइकन सचिन…
Read Moreकोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन
काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो । प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ । प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ । श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम…
Read Moreएन्फा प्रेसिडेन्ट लिगको फाइनलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी
काठमाडौँ।हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलको फाइनलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी प्रवेश गरेका छन्। गौरीटार रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढ्यो।लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको २०औँ मिनेटमा प्रारम्भिक गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा राम थापाले गोल थप्दै टोलीलाई फाइनलमा पुर्याए। त्यसैगरी दोस्रो सेमिफाइनलमा चित्लाङ एफसीले नव जन जागृति क्लबलाई रोमान्चक भिडन्तमा सडनडेथमा ९–८ ले हराउँदै फाइनल बुक गर्यो।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो, जहाँ अन्ततः चित्लाङ विजयी भयो।
Read Moreएलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लब च्याम्पियन, मिनादेउवा उत्कृष्ट खेलाडी घोषित
भद्रपुर, झापा – शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। खेलको २२ औँ मिनेटमा पुलिसकी मिना देउवाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्। रेखाको प्रयास डिफेन्डरबाट फर्किएको बल मिना देउवाले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलकिपरलाई कुनै मौका नदिई जालीमा पठाएकी थिइन्। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो। उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्यो भने उपविजेता एपिएफ क्लबले…
Read Moreबङ्गलादेश र मलेसियाविरुद्ध खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ
काठमाडौँ, कात्तिक २४ गते – बङ्गलादेश र मलेसियाविरुद्धका आगामी खेलहरूका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतका पदाधिकारी उपस्थित थिए। कार्यक्रममा मन्त्री गुप्ताले टोलीलाई शुभकामना दिँदै देशको प्रतिष्ठा उचो राख्ने खेल प्रदर्शन गर्न आग्रह गरे। नेपालले नोभेम्बर १३ मा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेपछि नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटअन्तर्गतको महत्त्वपूर्ण खेल खेल्नेछ। अन्तरिम प्रमुख प्रशिक्षक हरी खड्काले यसअघि कप्तान किरण चेम्जोङको नेतृत्वमा टोली घोषणा…
Read More