काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार शहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ आगामी मिति २०८२ मंसिर ४ गतेदेखि सुरु हुने भएको छ। एन्फाका महासचिव किरण राईद्वारा जारी विज्ञप्ति अनुसार प्रतियोगितामा सहभागी सम्पूर्ण क्लबहरुलाई २०८२ असोज मसान्तभित्र एन्फामा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि सम्पर्क व्यक्ति सन्त राई (मो. ९८४१८७३५२४) लाई सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ। एन्फाले सबै सहभागी क्लबहरुलाई निर्धारित समयमा सम्पर्क गर्न आग्रह गर्दै खेल सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ।
Read MoreCategory: फुटबल
साफ क्लब महिला च्याम्पियनसिप नेपालमा हुने
काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको छ। ऐतिहासिक यो प्रतियोगिता नेपालमा आगामी ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म सञ्चालन हुनेछ। यस च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच शक्तिशाली महिला क्लब टिमहरूबीच उपाधि भिडन्त हुनेछः नस्रिन स्पोर्ट्स एकेडेमी (बंगलादेश) ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी (भूटान) ईस्ट बंगाल एफसी (भारत) एपीएफ फुटबल क्लब (नेपाल) कराची सिटी फुटबल क्लब (पाकिस्तान) यस प्रतियोगिताले दक्षिण एसियाली महिला क्लब फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पहिलोपटक आयोजना हुँदै गरेको यो च्याम्पियनसिपले क्षेत्रीय महिला फुटबलको विकास, प्रतिस्पर्धा र ऐक्यबद्धतालाई बलियो…
Read Moreनेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले विधान पारित
काठमाडौँ – नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको नयाँ विधान पारित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न सभाले विधान अनुमोदन गर्दै संघलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष विक्रम लामाका अनुसार नयाँ विधानअनुसार ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्नेछन्। साथै व्यवसायिक रूपमा प्रशिक्षणमा संलग्न हुने खेलाडीको सदस्यता स्वतः खारेज हुने व्यवस्था गरिएको छ। विधानले ए, बी, सी डिभिजनका खेलाडीलाई समेत संघको केन्द्रीय परिषद्मा मनोनयन गर्न सक्ने प्रावधान राखेको छ। यसअघि भने केवल सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र सदस्यता लिन पाउने व्यवस्था थियो।…
Read Moreपुलिसको जर्सीमा साम्बा! अफ सिजनमा फिटनेसका लागि मैत्रीपूर्ण खेल
काठमाडौं – १७ साउन २०८२ (अगस्ट २, २०२५) राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले शुक्रवार नेपाल पुलिस क्लबको जर्सीमा मैदान उत्रेर मैत्रीपूर्ण खेल खेलेकी छिन्। एएफसी महिला च्याम्पियन्स लिगको तयारीमा जुटिरहेको एपीएफ फुटबल क्लबसँगको खेलमा साम्बा पुलिसको तर्फबाट खेल्न देखिएकी हुन्। अहिले अफ सिजन चलिरहेका बेला आफ्नो फिटनेस कायम राख्न साम्बा केही समयदेखि एपीएफ क्लबसँग नियमित प्रशिक्षणमा संलग्न छिन्। तर शुक्रवारको मैत्रीपूर्ण खेलमा उनले अनौपचारिक रूपमा पुलिस क्लबको तर्फबाट खेलिन्, जसले धेरैको ध्यान खिचेको छ। साम्बा चाँडै न्यूजिल्याण्ड प्रस्थान गर्दैछिन्, जहाँ उनले व्यावसायिक फुटबल करियरलाई निरन्तरता दिने तयारी गरिरहेकी छन्। नेपालमै सर्वाधिक गोलकर्ता र कप्तानको भूमिका निभाएकी साम्बाको यो कदमले नेपाली महिला फुटबललाई…
Read Moreराष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बा मकवानपुरमा सम्मानित, नगद ५० हजार प्रदान
मकवानपुर – १७ साउन २०८२ (अगस्ट २, २०२५) मकवानपुरमा आयोजित ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले विशेष सम्मान प्रदान गरेको छ। कार्यक्रमका दौरान साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्याउँदै आएकी साम्बा हालसम्मकै सर्वाधिक गोलकर्तासमेत हुन्। सञ्चारिका समूह मकवानपुर शाखाले साबित्राको नेतृत्व, मेहनत, र उपलब्धिलाई मूल्यांकन गर्दै भविष्यमा अझ प्रेरणादायी यात्राका लागि शुभकामना दिएको छ। कार्यक्रममा पत्रकार, समाजसेवी, खेलप्रेमी र युवा समूहको बाक्लो उपस्थिति…
Read Moreब्राजिलियन फुटबलर भिनिसियर जुनियर माथी साउदीले ३५० मिलियन युरो खर्चिने
काठमाडौं, १४ साउन । ब्राजिलियन फुटबल स्टार भिनिसियस जुनियरका लागि एक क्लब ५६ सय करोड रुपैयाँ खर्च गर्न लागेको खबरले यतिखेर सनसनी मच्चाएको छ। खासमा २५ वर्षीय भिनिसियस पौराणिक स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका सदस्य हुन् । यस क्लबसँग उनको सन् २०२७ सम्मको सम्झौता भएको हुनाले विगत केही महिना देखि दुवै पक्षबीच नयाँ सम्झौताका लागि छलफल भए पनि अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिरहेका छैनन् । यस्तो अवस्थामा साउदी अरेबिया लिगका क्लबहरूले यस स्टार विङ्गरमाथि आफ्नो नजर राखिरहेका छन् । एक रिपोर्टका अनुसार साउदी सरकारले समर्थन गरेको यस लिगको…
Read Moreएन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
काठमाडौं, १३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल बितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ । यस कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरि सकिएको छ ।…
Read More