काठमाडौं, पुस ५ गते । ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी ८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए । महिलाको उपाधि भिडन्तमा इभानाले संखुवासभा ४ की वियंका राईलाई ७–११,…
Read MoreCategory: अन्य
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
काठमाडौं, पुस ५ गते । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जसअन्तर्गत छ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ । महिला स्पर्धा यो…
Read Moreमातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा
काठमाडौं, पुस ५ गते । आयोजक मातृभूमिको ‘ए’ र ‘बी’ टिम दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ । मातृभूमि ‘ए’ ले इनोभेटिभलाई ४८–३९ ले पराजित ग¥यो । विजेताका सक्षम महर्जन र आभास रावतले समान १४ अंक जोडे । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुललाई ५५–५२ ले हरायो । गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल र चेल्सी वल्र्ड स्कुल उपाधिका लागि भिड्ने भएका छन् । बौद्ध चिल्ड्रेनले काष्ठमण्डप विद्यालयलाई ४५–१५ ले सहजै पाखा लगायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १७ स्कोर गरिन् । चेल्सीले…
Read Moreज्ञान संस्कार टिम च्याम्पियन
काठमाडौं, पुस ५ गते । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुशी चोक, काठमाडौँले तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोश्रो तथा अलकापुरी स्कुल तेश्रो भए । समापन कार्यक्रममा बोल्दै ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले सहभागी सबै विद्यालय, खेलाडी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरिन् । प्रधानाध्यापक बडूले प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेलको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्…
Read Moreखेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन
काठमाडौँ, पुस ४ गते । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन् । तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ । आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिताको समापन हुनेछ । प्रतियोगताका अन्तर्राष्ट्रय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट…
Read Moreरेनु र लामा सम्मानित
काठमाडौं, पुस ४ गते । काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि प्रशंसा पत्रबाट सम्मानित भए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलस्थित नेपाली घरमा आयोजित कार्यक्रममा सम्मान गरे । रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन्…
Read Moreदोश्रो मातृभूमि कप : इनोभेटिभ सेमिफाइनलमा
काठमाडौं, पुस ४ गते । इनोभेटिभ इङलिस स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । इनाभेटिभले जेम्सलाई ३३–३१ को साँघुरोअन्तरले पराजित ग¥यो । इनोभेटिभका रिजन खनालले १० अंक जोडे । ब्वाइजकै अर्को खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको आयोजक मातृभूमि स्कुल ‘ए’ ले प्यारागनलाई ४६–२४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । मातृभूमिका सक्षम महर्जनले १६ स्कोर गरे । सेमिफाइनलमा मातृभूमि ‘ए’ को भेट इनोभेटिभसंग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुलसंग प्रतिस्पर्धा गर्ने छ । गल्र्समा बिहीबारै सेमिफाइनल समीकरण…
Read Moreललितपुर १६ लाई भेट्रान टिम उपाधि
काठमाडौं, पुस ४ गते । ललितपुर महानगरपालिका वडा १६ ले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टको उपाधि शुक्रबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाश धाक्वा, राजेन्द्र श्रेष्ठ, रितम शाक्य, सुरज वज्राचार्य र राजु शाक्यको टोलीले ललितपुर २० का राजिप महर्जन, संघरत्न डंगोल, सुरेश वज्राचार्य, सञ्जय शाक्य र धनबहादुर महर्जनको टोलीलाई ३–० ले पराजित ग¥यो । ललितपुर ९ र ललितपुर ११ तेश्रो बने । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार ५ स्पर्धाको…
Read Moreराष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् । नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले…
Read Moreएनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ । वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामाग्री प्रदान गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनालाई हस्तान्तरण गरेका हुन् । नेपाली टिममा कप्तान मानमती, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे,…
Read More