क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक जितेकी छन्। महिला ५७ केजी तौल समूहअन्तर्गत K-44 वर्गमा प्रतिस्पर्धा गर्दै पलेशाले उत्कृष्ट प्रदर्शनमार्फत कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी हुन्। यस शानदार उपलब्धिप्रति मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले पलेशालाई हार्दिक बधाई ज्ञापन गरेको छ। प्रतियोगितामा पलेशासँगै सहभागी अन्य नेपाली खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, र कामना प्रसाईं रहेका थिए। यस्तै, नेपाली…
Read MoreCategory: अन्य
प्रधानमन्त्रीले भने, ‘अब सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्दछाैं’
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणासमेत गरेका छन् । यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ। देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल…
Read Moreविश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने छन् । नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडीले भाग लिने छन् । नेपालबाट समान ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्ने छन् । महिलामा वियंका…
Read Moreबुदोकैदोमा नेपाललाई ८ स्वर्णसहित १० पदक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ । अजरवैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बविता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जितेको टोलीको प्रशिक्षक समेत रहेका नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जनले जनाएका छन् । त्यस्तै पुरुष ७५ केजीमा सागर विष्ट तथा पुरुष ८५ केजीमा सुदर्शन खतिवडाले समान १–१ स्वर्ण र रजत हात पारे ।
Read More