इमानसँग अर्थमन्त्री : सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवद्र्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले पूँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले उद्यमशीलताको विकास र स्वदेशी उत्पादन वृद्धि मार्फत सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै, उनले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जनालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए ।

छलफलमा इमानको प्रतिनिधिमण्डलले सञ्चारमाध्यमहरूको समग्र विकासका लागि सरकारले सन्तुलित र समावेशी नीति अघि सार्नुपर्ने माग गरेको थियो ।

सम्बन्धित खबर