पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन्। सांसद पदमा रहँदासमेत उनले बिदाको दिन शनिबारलाई उपयोग गर्दै काठमाडौँको कोटेश्वर चोकमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरिरहेका छन्। सार्वजनिक जीवनमा सक्रिय रहँदै पनि उनी आफ्ना अनुभव समेटिएको पुस्तक पाठकमाझ पुर्याउन व्यक्तिगत रूपमा खटिएको दृश्यले धेरैको ध्यान आकर्षित गरेको छ।
