टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’

काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ लाखको हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रील्स हेर्ने दर्शकको रोजाइमा परेको छ । उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामजिक सञ्जालमा बढिरहेको छ । उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् ।…

Read More

निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो

काठमाडौं । अभिनेत्री ऋचा शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु भएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छिन् । शर्माले सामाजिक संजालमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको तस्विर सार्वजनिक गर्दै दुवै जनालाई धन्यवाद दिएकी हुन् । अभिनेत्री शर्माले लेखेकी छिन्,‘घाइते देशलाई मलम चाहिएको थियो। यदि कोही मलम बनेर उभिरहनुभएको थियो भने, उहाँ हाम्रो आदरणीय प्रधानमन्त्री सुशीला कार्की ज्यु नै हो । ‘चुनाव हुन सम्भव छ र ?’ धेरैलाई विश्वास थिएन। प्रश्नहरू थिए, शंका थिए, आरोप थिए। कसैले विदेशी प्रभावको आरोप लगाए, कसैले बाहिरी शक्तिको योजना भने। तर नेतृत्व भनेको कुरा…

Read More

पदक विजेता गुरुङको निर्देशन तथा चर्चित गुरुङ कलाकार प्रेम गुरुङको शब्द–संगीतमा ‘डोल्स्यो साँइली’ सार्वजनिक

काठमाडौं । लामो समयदेखि नेपाली तथा गुरुङ गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आएका चर्चित गुरुङ कलाकार प्रेम गुरुङको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘डोल्स्यो साँइली’ सार्वजनिक भएको छ। ग्लोबल नेपाल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तथा भ्याली फिल्म एकेडेमीको सहकार्यमा निर्माण गरिएको उक्त गीत यही फेब्रुअरी २७ मा औपचारिक रूपमा सार्वजनिक गरिएको हो। अमेरिकामा रहेर पनि नेपाली मौलिक संगीत र गुरुङ संस्कृतिको प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएका प्रेम गुरुङ (ग्क्ब्) लामो समयदेखि सिर्जनशील यात्रामा सक्रिय कलाकारका रूपमा परिचित छन्। उनका दर्जनौँ सिर्जनाले देश–विदेशमा रहेका नेपाली तथा गुरुङ समुदायमाझ विशेष स्थान बनाइसकेको छ।…

Read More

सरकारी वकिलको ‘प्रेमकथा’ युट्युबमा

काठमाडौं । ‘कता गयौ तिमी कहाँ छौं, जहाँ छौ तिमी सँधै खुसी हौ’ । यो प्रेमिल शब्द समेटिएको गीतका रचनाकार हुन् केशव गौतम। ‘प्रेमकथा’ बोलको गीतमा गौतमले युवायुवती बिचको प्रेम सम्बन्ध, प्रेमको स्थायित्व र सम्झनालाई शब्दमा बाधेका छन्। आधुनिक शैलीमा तयार पारिएको यसले युवा अवस्थामा हुने प्रेम र ती क्षणका तस्वीरलाई शब्दमा उतारेर प्रेमिल भावलाई व्यक्त गरेको छ । गौतमका अप्रकाशित गीत र कविता धेरै छन्। उनका कतिपय शब्दहरु डायरीमै सिमित छन्, जति गायनमा वा प्रकाशनमा आएका छन् ती सबै उनलाई चिनाउने आधार बनेका छन् । पेशाले सरकारी जागिरे रहेका…

Read More

विराट फिल्म एण्ड म्युजिक अवार्ड : गजुरेललाई लाइफ टाइम, भट्टराईलाई पत्रकारिता पुरस्कार

काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौंमा आयोजना गर्ने चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा अर्पण गरिने विशेष सम्मानको घोषणा गरेको छ । चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना हुने यो विशिष्ट समारोहमा नेपाली फिल्म क्षेत्रमा विगत चार दशकदेखि सक्रिय कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने निर्णय भएको कार्यक्रमका संयोजक सुरज पौडेलले जानकारी दिएका छन् । त्यस्तै, तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १ सय…

Read More

मंगलबार ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा

काठमाडौं । हाउस अफ फेसन नेपालको महत्वाकांक्षी प्रतियोगिता ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ अन्तिम चरणमा आइपुगेको छ । प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण तथा रोमाञ्चक दिन अर्थात ग्राण्ड फिनाले यही फागुन १२ गते अर्थात मंगलबार ललितपुरमा आयोजना हुँदैछ । आयोजक संस्थाले ग्राण्ड फिनालेलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको छ । हाउस अफ फेसन नेपालकी प्रमुख ओशिमा बानुका अनुसार यसपटक मिसेस भोग नेपाल सीजन ३ को ग्राण्ड फिनाले ललितपुरको एकान्तकुनास्थित म्याजेष्टिक ग्राण्डमा आयोजना हुँदैछ । यो कार्यक्रम मंगलबार साँझ पाँच बजेपछि प्रारम्भ हुनेछ । यसअघि आयोजक संस्थाकले…

Read More

‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नबिन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा सिनेम्याटोग्राफी अमृत बिस्वाले गरेका छन् भने सम्पादन राम अधिकारीको छ । लक्ष्मण अधिकारी सहायक निर्देशक र देवी खतिवडा मेकअप आर्टिस्ट रहेका छन् । प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्ममा नेपालबाट आफ्नो उज्जवल भविष्य र…

Read More

नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

काठमाडौं । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ । छायांकन समापनपछि पाँचौं पटक नेपाल आएका विज्ञापनका छांयाकार लियो हर्नले फेब्रुअरी सुटिङको लागि उपयुक्त मौसम नभएपनि मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाएको बताए । त्यस्तै उनले नेपालमा सुटिङ गर्न आउनको लागि अरुलाई सुझाव पनि दिए । उनले भने, ‘यो मेरो नेपालमा पाँचौं पटक हो । फेब्रुअरी सुटिङका लागि उपयुक्त मौसम नभएपनि यहाँ हिउँ त्यति धेरै छैन…

Read More

‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पा

काठमाडौं । फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । गीतमा यी दुईजना रोमान्टिक देखिएका छन् । २७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र…

Read More

‘फ्रेन्ड्स सिनेमाज्’ अब इलाममा पनि

काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो । इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो चलचित्र घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा चलचित्र घर तयार भएको हो । एउटा स्क्रिन रहेको यो चलचित्र घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ । ‘ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर…

Read More