काठमाडौं, ३ फागुन । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छिन । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएकी हुन । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ । कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाएकाे निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो, फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो…
Read MoreCategory: कला/मनोरञ्जन
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान टिमसहित मैदानमा
काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजको १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै जाँदा निर्देशकहरूको चुनावी माहोल तातिएको छ। यही क्रममा अध्यक्ष पदका उम्मेदवार अरुण कुमार प्रधानको नेतृत्वमा ‘टिम अरुण’ले आफ्नो प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाएको छ। टिमले “सशक्त निर्देशक, समृद्ध नेपाली सिनेमा” भन्ने नारासहित निर्देशक समाजलाई व्यवस्थित, डिजिटल र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै निर्देशकहरूको सम्मान, उद्योगको पुनर्जागरण, पहिचान, प्रवर्द्धन र संरक्षणमा आफूहरू प्रतिबद्ध रहने उल्लेख गरिएको छ। टिम अरुणले व्यवसायिक, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको निर्देशक समाज निर्माण गर्ने लक्ष्य लिएको बताएको छ। “एकता, सम्मान र सिर्जनशीलताको साझा…
Read Moreचलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको हो । चलचित्र ‘बाः एक योद्धा’ र सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच सम्झौता भएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार लम्साल रचनाकार र…
Read Moreचलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण
काठमाडौं। कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन्। कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटलाई पाशुपत क्षेत्रमै उक्त सामग्री हस्तान्तरण गरेका हुन्। महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो…
Read More‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की
काठमाडौं । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् । विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो । उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा…
Read Moreप्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा
काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ । आगामी साउन महिनामा यो सिनेमाको नेपालबाट छायांकन सुरु गरिनेछ । नेपालपछि सिनेमाको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैइरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ…
Read Moreदोस्रो सातामा ‘लालीबजार’
काठमाडौँ । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढी पाउनुका साथै दर्शक पनि बढी पाएको छ । फिल्मले काठमाडौंसँगै मोफसलमा पनि दर्शकको साथ पाएको छ । फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छन् । फिल्ममा यी दुईले आमा र छोरीको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा देखाईएको दृश्यलाई फिल्मको महत्वपूर्णस्थानमा…
Read More‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक
काठमाडौं । ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको हो । प्रिमीयरमा कालाकार आँचल शर्मा लगायत अन्य कलाकारको पनि उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले यो चलचित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइकी छन् । उनले यस चलचित्रमा जोडिन पाउँदा अन्य नयाँ प्रोजेक्टमा काम गर्ने ढोका खुला भएको समेत बताएकी छन् । उनले भनिन्, ‘यो चलचित्र मेरो लागि नयाँ अनुभव थियो । साढे १० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको तर ‘एक मुठी…
Read More‘काजी’ को प्रेमिल ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ३ मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ । सार्वजनिक ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन् । सिनेमाको प्रेमिल ट्रेलरले दर्शकमामझ ‘काजी’लाई लिएर कौतुहल्ता सिर्जना गर्न सफल देखिन्छ । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ । ट्रेलरमा सिनेमाको मेकिङ ग्राण्ड देखिनुका साथै…
Read Moreकलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत भएको बताएका हुन् । कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाई थियो । राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए । उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा…
Read More