काठमाडौँ । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् । उनले भने,‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ । कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको…
Read MoreCategory: कला/मनोरञ्जन
रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको थवाङ–जलजला क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारजनलाई भेट्दै सान्त्वना व्यक्त गरेका छन् । उक्त घटनापछि पार्टीका सबै कार्यक्रम स्थगित गरी प्रभावित परिवारलाई सान्त्वना दिने तथा शव परिवारलाई बुझाउने कामम सक्रिय भएका छन् । उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् । शुक्रबार दुर्घटनामा परेर मृत्यु भएका २० जनामध्ये हालसम्म आठ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने पाँच जनाको शव परिवारलाई बुझाइएको छ । अन्य मृतकहरूको पहिचान तथा आवश्यक प्रक्रिया जारी रहेको स्थानीय…
Read Moreरेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने
काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ । प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ । चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।…
Read More‘महाराजाधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजाधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजाधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । ‘महाराजाधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,’ ‘महाराजाधिराज’का प्रस्तुतिकर्ता बिराज विष्टले भनेका छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजाधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ । केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य…
Read Moreजेठ १ गतेबाट प्रदर्शन आउँदै ‘एक मुठ्ठी बादल’
काठमाडौं । ‘एक मुठ्ठी बादल’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्रभित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक रहेको संकेत गर्छ । पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घरभित्र सजिएको अवस्थामा रहेका उनीहरुको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ । यो पोस्टरले त्यो क्षण समात्छ, जब पाहुनाहरू आउनुअघि सबैजना तयार भएर बसिरहेका हुन्छन्। तर पाहुनाहरूले घरभित्र पस्दा, उनीहरूले मात्र घर होइन, घरभित्रका कुराकानी र मौनता पनि देख्छन् । पोस्टरको अग्र भागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं छन् भने…
Read Moreहाजिरी जमानीमा बले रिहा
काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ । अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् । बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।
Read Moreसागर लम्साल विवाद : महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् । अमेरिका बस्ने एक युवतीले वर्षदिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फरक फरक प्रतिक्रिया आउन थालेको हो । आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि बढ्न बाँकी रहेपनि, कलाकारहरूले भने समाजको संवेदनशीलता, पीडितप्रतिको व्यवहार र न्याय प्रणालीबारे आफ्ना धारणा राखेका छन् । अभिनेत्री रेखा थापाले महिलाको आवाज सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले लेखेकी छन्, ‘यदि हामी…
Read Moreहाँस्य कलाकार बले पक्राउ
काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।
Read Moreसागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप
काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन् । पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् । कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।…
Read Moreग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले बिहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । चलचित्र ‘रोल नं. १’काे सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक…
Read More