काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी गरे । उनले भने, ‘मैंले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम १५ मिनेटमै हुने गरेको छ ।’ कार्यक्रममा उनले हालै सञ्चारमाध्यममा आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति पनि आपत्ति जनाए । उनले बोर्डले राज्यकोष दोहन गरेको वा ४०–४५ लाख रुपैयाँ फजुल खर्च गरेको भन्ने समाचारहरू तथ्यमा आधारित नभएको…
Read MoreCategory: कला/मनोरञ्जन
चलचित्रमा गीत ‘प्राण’ हो : आनन्द अधिकारी
काठमाडौं । गीतकार आनन्द अधिकारीले चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकारसम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका छन् । कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तुत गर्ने हुँदा यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् । उनले भने, ‘चलचित्र केवल दृश्यहरूको श्रृङ्खला वा समुह मात्र होइन, यो भावना, विचार र कथाको एक सशक्त माध्यम हो । चलचित्रले समाजको यथार्थ, मानवीय संवेदना र कल्पनालाई प्रस्तुत गर्छ । यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । चलचित्रको…
Read Moreचलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
काठमाडौं । जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र एक मुठ्ठी बादलले पहिलो गीत सार्वजनिक गरेको छ । रेल घुम्यो घुम्तीमा बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् । सुमित पाठकको संगीतमा मिना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् । गायकको रूपमा पहिचान बनाएका सुमितले चलचित्र संगीतमा सुरुवात गरेका हुन् । भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रूपमा…
Read Moreरंगमञ्चबाट फिल्ममा उडान भर्दै विशाल देवकोटा, डेब्यु फिल्म ‘लालीबजार’ प्रदर्शनको तयारीमा
काठमाडौं । नेपालमा रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला चाल्दै गरेका कलाकारमध्ये विशाल देवकोटा एक उदीयमान नामका रूपमा देखिएका छन् । षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको उनको डेब्यु फिल्म ‘लालीबजार’ २०८३ साल बैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा देवकोटाले आफ्नो अभिनय यात्राको सुरुवात रंगमञ्चबाट भएको बताएका छन् । सानैदेखि कलाकार बन्ने सपना बोकेका उनी नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै…
Read Moreचलचित्र विधेयक २०८१ : हात्ती आयो ! हात्ती आयो ! फुस्सा !!
पुराना ऐन –नियमको भरमा लड्खडिएको छायांकन क्षेत्र चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुनःपुष्टि गरिदिएको छ । २०२६ सालको ऐन, ०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकनको क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिडिरहेकै थियो । ढिलासुस्तीको पराकाष्ठा, कहिँकतै नभएको विधि–प्रक्रिया, चाहिने –नचाहिने कागजी झन्झट, कार्यविधिमा स्पष्ट प्रावधान नतोकिदिँदा छायांकनमा खटाइएका सम्पर्क अधिकृतको मोलमोलाईको नौटङ्की । छायांकन अनुमतिका लागि पाँच÷छ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता र अनेकौं अपारदर्शी, अव्यवहारिक ऐन–नियमको प्रक्रियाले आजित भइसकेका सरोकारवालाको दुखेसो पोख्ने थलो थियो, नेपाल चलचित्र विकास बोर्ड । माथि उल्लेखित…
Read Moreझापामा चलचित्र ‘पाँच पाण्डव’ को धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश
काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो । छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए । गत चैत २ गते नेपाल–भारत सीमावर्ती…
Read Moreबलिउडका चर्चित गायक विनोद राठोड, पप आइकन अनिशको कन्र्सट ‘एलओडी’मा, टिकट विक्री धमाधम
काठमाडौं । आगामी अप्रिल ८, २०२६ अर्थात यही चैत्र २५ गते मा म्याड इन्टरटेनमेन्टले ठमेलस्थित विश्वप्रसिद्ध क्लब ‘एलओडी’मा चर्चित दुई संगीतका हस्तीलाई मन्चमा उतार्ने भएको छ । यस विशेष साङ्गीतिक यात्रामा दुई हस्तीहरू–बलिउडका दिग्गज गायक विनोद राठोड र नेपाली पप आइकन अनिश ओकिली एउटै मञ्चमा देखिनेछन् । बाजीगर’ र ‘दिवाना’ जस्ता चलचित्रका सदाबहार गीतहरूमा स्वर दिएका राठोडले ‘ऐसी दीवानगी’ र ‘छुपाना भी नही आता’ जस्ता गीतहरू प्रस्तुत गर्नेछन् । आयोजक संस्था म्याड इन्टरटेनमेन्टका संस्थापक मनिष अधिकारीका अनुसार राठोडसँगै नेपाली तन्नेरी पुस्ताका ढुकढुकी अनीश ओकिलीले ‘मेरी ओकेली’ र ‘गुलाबी जादू’ जस्ता…
Read Moreचलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त
काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनि गरिएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ । विगत लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौँ चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसकेका…
Read Moreटिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’
काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ लाखको हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रील्स हेर्ने दर्शकको रोजाइमा परेको छ । उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामजिक सञ्जालमा बढिरहेको छ । उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् ।…
Read Moreनिर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो
काठमाडौं । अभिनेत्री ऋचा शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु भएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छिन् । शर्माले सामाजिक संजालमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको तस्विर सार्वजनिक गर्दै दुवै जनालाई धन्यवाद दिएकी हुन् । अभिनेत्री शर्माले लेखेकी छिन्,‘घाइते देशलाई मलम चाहिएको थियो। यदि कोही मलम बनेर उभिरहनुभएको थियो भने, उहाँ हाम्रो आदरणीय प्रधानमन्त्री सुशीला कार्की ज्यु नै हो । ‘चुनाव हुन सम्भव छ र ?’ धेरैलाई विश्वास थिएन। प्रश्नहरू थिए, शंका थिए, आरोप थिए। कसैले विदेशी प्रभावको आरोप लगाए, कसैले बाहिरी शक्तिको योजना भने। तर नेतृत्व भनेको कुरा…
Read More