चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर १’ शुक्रबार (आज) बाट प्रदर्शनमा आएको छ । महाशिवरात्रिको अवसर पारेर आजबाट प्रदर्शनमा आएको यो चलचिले देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै बिहीबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छ । धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा यो चलचित्रमा समावेश छ । जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको यसका कन्टेन्टले संकेत गरेका छन् । जटाधारी पात्र हुन्, प्रवीण खतिवडा । ‘शिवांश’को कथा…

Read More

घरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन हुने

काठमाडौं — नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान स्थापन गरेपछि नीर शाह अभिनीत फिल्म परान अब मलेसियामा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण पक्षका अनुसार, फेब्रुअरी १४, २०२६ (शनिवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा यो चलचित्र रिलिज हुनेछ। मलेसियामा फिल्मको प्रदर्शन अधिकार गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराई ले खरिद गरेका छन्। उनले बताएका छन् कि मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत छन् र उनीहरूको सुविधा तथा समयतालिका अनुसार शोहरू तय गरिएको छ। भट्टराईले थपे, “मलेसियामा चाइनिज नयाँ वर्षको एक हप्ता लामो बिदा हुने भएकाले, अन्य…

Read More

‘मण्डलाका प्रतिध्वनि’ फेब्रुअरी १४ देखि आयोजना हुने

काठमाडौं । भारत अन्तर्राष्ट्रिय केन्द्रमा समकालीन नेपाली कला ‘मण्डलाका प्रतिध्वनि’ १४ देखि २२ फेब्रुअरीसम्म आयोजना हुने भएको छ । प्रदर्शनीले नेपाली कलाकारहरूको प्रतिबिम्ब उजागर गर्दछ, जसले नेपाल र भारतको प्राचीन सभ्यतालाई जोड्ने चित्रहरूमा भएका सरल छापहरूमार्फत उनीहरूको कल्पनालाई निर्देशित गर्ने विश्वास लिइएको छ । उक्त प्रदर्शनीमा नेपालबाट अजित साह, बलराम निसुतु, विद्यामान तामाङ, बिनोद प्रधान, चिराग बाङ्देल, हरि वैद्य, जीवन राजोपाध्याय, कैलाश श्रेष्ठ, कृष्ण लामा, कुन्तीश्री थापा, लया मैनाली, लोक चित्रकार, मानसी भट्ट, मनिष श्रेष्ठ, मुक्ति सिंह, नरेन्द्र थापा, नरेन्द्र थापा, मुक्ति सिंह, नरेन्द्र थापा बज्राचार्य, पृथ्वी श्रेष्ठ, प्रियंका सिंह…

Read More

कति पुग्यो ‘आ बाट आमा’, ‘गोबर गणेश’ र ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?

काठमाडौं । चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् । माघ १ गते रिलिज फिल्म ‘गोबर गणेश’ को कमाइ १ करोड ४० लाख २७ हजार ७६६ रूपैयाँ पुगेको छ । फिल्मको ४९ हजार ५३१ वटा टिकट बिक्री भएका छन् । पुस ४ मा रिलिज ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड…

Read More

नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक

काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ । गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् । भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित…

Read More

सुनिल थापा : पर्दामा कठोर, जीवनमा सरल ‘राते काँइला’को अपूरणीय विदाइ

काठमाडौं । नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सृजनाको क्षेत्र नै स्तब्ध बनेको छ । उनलाई विशेषगरी खलनायक भूमिकाका लागि जनप्रियता प्राप्त भयो । विशेषगरी नेपाली ब्लकबस्टर चिनो मा ‘राते काँइला’ को चरित्रले उनलाई घर–घरमा परिचित बनायो । यस भूमिकाले उनलाई ‘अन्तिम खलनायक’को रुपमा चलचित्रप्रेमीका मनमा गहिरो छाप छाड्न सफल रहयो । थापा केवल एक कलाकार मात्र…

Read More

अभिनेता थापाको असामयिक निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् । शनिबार विज्ञप्ती जारी गर्दै उनले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी हुन् । थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उनको भनाई छ । ‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्ममा खलनायक र सहनायकका उम्दा भूमिकाबाट करोडौँ मन जित्न थापा सफल भएको भन्दै उनका यी हरेक चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने उनले बताइन् । प्रधानमन्त्री कार्कीले…

Read More

सुनिल थापाको निधनले चलचित्र उद्योग स्तब्ध, अपूरणीय क्षति भयो : प्रशान्त ताम्राकार

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको आकस्मिक निधनले नेपाली चलचित्र उद्योग शोकमा डुबेको छ। उनको निधनलाई चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। कलाकार प्रशान्त ताम्राकारले सुनिल थापाको निधनको खबरले आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। उनले भने,‘हिजो राति साढे आठ बजेसम्म हामी सुटिङमा सँगै थियौँ। बिहान एक्कासी यस्तो खबर आयो, विश्वास नै गर्न सकिन। यो चलचित्र उद्योगका लागि ठूलो क्षति हो।’ ताम्राकारका अनुसार थापा शुक्रबारसम्म चलचित्र ‘रामनाम सत्य’ को सुटिङमा सक्रिय थिए। ‘हिजो क्लाइमेक्स सिन थियो, त्यो अन्तिम सुटिङ पनि थियो।…

Read More

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने गीतमा सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य प्रस्तुत गरिएको छ । सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा पारिवारिक कथावस्तुमा आधारित…

Read More

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए । नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन् ।

Read More