मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

काठमाडौं । हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ । एक साता यता मुगमकामारोङ्क गाँउपालिका वास इकाइको आयोजन र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सुस्वा परियोजनामा पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सन्चालनमा रोङ्बु खानेपानी, मह खानेपानी, खाम्बादो खानेपानी, श्री मह खानेपानी, ढुङ्केधारा खानेपानी, ध्याचिमी खानेपानी मार्गी, पुलूँ खानेपानी, पिन्यारा खानेपानी चिभाथ, चिमाथ बहुउद्श्य खानेपानी, डोब खानेपानी, घोडपोले खानेपानी, पानी मूल खानेपानी चिमाथ, परौटी खानेपानी चिमाथ, चौथी खानेपानी, छायलचैर खानेपानी…

Read More

स्वास्थ्य एजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा आचार्य

डा.शम्भुप्रसाद आचार्य ग्लोबल पब्लिक हेल्थ प्रोफेसनल्स एवम एडभोकेट हुन् । करिब ३४ वर्ष अन्तर्राष्ट्रिय संस्थाहरुमा जनस्वास्थ्य क्षेत्रमा काम गरेका उनी विश्व बैंक, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा काम गरिसकेका छन् । हेल्थ पलिसी इन फाइनान्सिङमा युनिभर्सिटी अफ नर्थ क्यारोलाइना, अमेरिकाबाट पीएचडी गरेका उनले नेपाल परिवार नियोजन संघमा पनि लामो समयसम्म काम गरेका थिए । नेपालको स्वास्थ्य अवस्था, नीति एवम भावी रणनीतिका सन्दर्भमा गरेको कुराकानी । नेपालको पछिल्लो समग्र स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ र यसलाई यहाँले कसरी मूल्यांकन गरिरहनु भएको छ ? मैले बाहिरबाट हेर्दा हाम्रो जुन प्राथमिक स्वास्थ्य सेवा छ…

Read More

स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । सोमबार बोर्डले ,बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो । बोर्डका अनुसार पुस २४ को बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरुले ‘आइटम तथा सर्भिसेस’ को न्यूनतम दाबी गर्न छुट्टै महल थप गरिएकोे छ । सो व्यवस्था फागुन १ गतेबाट अनिवार्य रुपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई बोर्डले निर्देशन दिएको हो ।

Read More

नरेठाँटी स्वास्थ्यचौकी सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल

बागलुङ । बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल भएको छ । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गर्न सफल भएको हो । गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको छ ।

Read More

हृदयघात : लक्षण र रोकथामको उपाए

काठमाडौं । पछिल्लो समय नेपालमा हृदयघातका घटनाहरू बढ्दै गएका छन् । उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ । चिकित्सकहरूका अनुसार हृदयघात हुनुका पछाडि मुख्यतः अस्वस्थ जीवनशैली, मानसिक तनाव र मुटुसम्बन्धी जोखिम कारकहरू जिम्मेवार छन् । विशेषज्ञका अनुसार हृदयघात तब हुन्छ, जब मुटुलाई रगत पु¥याउने कोरोनरी धमनी अचानक बन्द हुन्छ । धमनीभित्र लामो समयदेखि जमेको बोसो (कोलेस्ट्रोल) फुट्दा रगत जमेर थक्का बन्ने र मुटुको मांसपेशीले अक्सिजन नपाउँदा हृदयघात हुने गर्छ । चिकित्सकहरू भन्छन्, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, अत्यधिक मदिरा सेवन, असन्तुलित…

Read More

बिहान खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक

काठमाडौं । बिहान उठेपछि खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पु¥याउँछ । विशेषज्ञहरूका अनुसार बिहान नियमित रूपमा तातो पानी पिउँदा कब्जियतको समस्या कम हुनुका साथै ग्यास, अपच र पेट फुल्ने समस्या नियन्त्रणमा आउन सक्छ । यसले शरीरको मेटाबोलिज्म बढाउने भएकाले तौल नियन्त्रणमा समेत सहयोग पुग्ने बताइएको छ । त्यस्तै, तातो पानीले शरीरको रक्तसञ्चार सुधार गर्ने र कोषिकामा अक्सिजनको प्रवाह बढाउने…

Read More

गाउँमा देखिँदै दीर्घरोगको भार : रामेछापमा आयुर्वेद चिकित्सालयको घरदैलो उपचार

रामेछाप । एक समय संक्रामक रोगले थलिएको ग्रामीण समाज अहिले दीर्घरोगको चपेटामा पर्दै गएको संकेत रामेछापका गाउँ–बस्तीमा देखिन थालेको छ । मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), हाडजोर्नीसम्बन्धी समस्या र पेटका रोग ग्रामीण क्षेत्रमा बढ्दै गएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीले सेवा मोडेल नै परिवर्तन गरेको छ । अब सेवा चिकित्सालयको सेव अस्पतालमा सीमित छैन, बस्तीमै पुग्न थालेको छ । चिकित्सालयले टोल–टोलमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधिसहितको टोली परिचालन गरी उपचार सेवा सुरु गरेको जनाएको छ । यसअघि गाउँ–गाउँमा पुगेर स्वास्थ्य परीक्षण र परामर्श मात्र दिँदै आएको चिकित्सालयले अब आवश्यक औषधिसहित…

Read More

बीमाको समस्या समाधान गरेर नियमन गर्न जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले बीमाको समस्या समाधान गरेर यसलाई नियमन गर्न जरुरी रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित स्वास्थ्य बिमाको वर्तमान अवस्था तथा भावी मार्गचित्रसम्बन्धी छलफलमा उनले पहिलाका नेताहरुले सबैका लागि सोचेर काम गरेपनि बीमालाई एकद्वार प्रणालीबाट लागू गरे गरिब, निमुखा, वृद्धले सुविधा पाउने बताइन् । उनले भनिन्, ‘जसलाई दिनुपर्ने हो त्यसले त त्यो सुविधा पाउनुपर्छ नि, गरिब, निमुखा, वृद्धले पाओस् न, दिने भनेर सबैलाई दिएर पनि हुँदैन । यस्तो खालको समस्या छ यो हाम्रो पालामा होइन पहिलै भएको कुरा हो । पहिलाका नेताहरुले सबैका लागि सोचेर, धर्म…

Read More

देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : मन्त्री शर्मा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् । बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् । “मानसिक स्वास्थ्यलाई मैले सपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसले समाजमा अनेक प्रकारका समस्याहरू जन्माएको छ,…

Read More

आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ। क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो । क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ । हाल पनि विश्वभर लाखौँ मानिस क्यान्सरसँग…

Read More