मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४ः३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको हो। पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगर, अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् । प्रहरीले तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानको…

Read More

सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

जनकपुर । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमइ) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम ९ घर भइ हाल धारापानी चोकमा मोबाईल पसल सञ्चालन गरेर बसेका ३७ वर्षिय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका २ का २५ वर्षिय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२…

Read More

उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ । नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् । उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ । उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि…

Read More

क्यासिनो खेल्ने/ खेलाउने ७ जना पक्राउ

काठमाडौं । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनगरी ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् । भारतबाट आएको सुरेश महाजनसहितका समुहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । सुरेश महाजनले विगत २ वर्षदेखि नेपाल भारत,श्रिलंका,भियतनाम र कम्बोडियामा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएका थिए…

Read More

पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीमा परी दुर्गामान बम्जनको खुट्टा र ढाड जलेको अवस्थामा उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक…

Read More

२ सय ४० किलो चरेससहित दुई जना पक्राउ

रौतहट । पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ । मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको…

Read More

नाम र तस्बिर दुरुपयोग गरी भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको भन्दै केकी अधिकारीको आपत्ति

काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै केकीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको बताएकी छन् । उनले भनेकी छिन्, ‘मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ । ’ अधिकारीले यसरी पैसा माग्नेहरूप्रति सजग रहन पनि सम्पूर्णमा अनुरोध गरेकी छिन् ।

Read More

सर्लाहीमा गाँजासहित एक जना पक्राउ

सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ किलो ८००…

Read More

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

रौतहट । पर्सा प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा न. १५ प्रतिमा चोकको  सडकमा मंगलबार बिहान  पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । उनका अनुसार मियाँले बोकेको कालो रंगको प्लास्टिकको झोलाबाट लागूऔषध चरेस १० केजी बरामद भएको छ । चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध लागूऔषध…

Read More

तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते

रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा  चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो । स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको…

Read More