रौतहट ८ जेठ । बारा जिल्ला संग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको विशेष अपरेशनमा २ थान कटुवा पेस्तोल गोली, गाँजा, मदिरासहित तीन जनालाई पक्राउ गरिएको छ। एसएसबि मुख्यालय पिपराकोठीका प्रवक्ता बिनित कुमार सिंहले आज शुक्रवार एक सूचना जारी गर्दै हतियार, गोली, मदिरा र गाँजासहित पक्राउ परेका तीनजना भारतीय नागरिक बारे सार्वजनिक गरेका हुन्। भारतीय सीमा सुरक्षा बल एसएसबि ७१ औँ बटालियन मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा बुधवार साँझ ८ः४० बजे ‘सी’ कम्पनी बेलदारवा मठ अन्तर्गत पर्ने लालाछाप्रा ९भारत–नेपाल० चेकपोस्ट क्षेत्रमा…
Read MoreCategory: अपराध
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ।
Read Moreहत्या गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक…
Read Moreअवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६ सय ६० मिलिग्राम सहित कमल गाउँपालिका-६ त्रिवेणी चोक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी झापाको दमक नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने कमल गाउँपालिका-१ घर भएका ३० वर्षीय सुर्य भन्ने बुद्धि साहुलाई शनिबार…
Read Moreसर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
सर्लाही । यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते…
Read Moreठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् । ‘स्मार्ट टेलिकम प्रा. लि’ को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्तिलाई बेइमानीपूर्वक हानी नोक्सानी पु¥याएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा मिति २०८३/०१/२९ गते राति पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ । अनुसन्धानका अनुसार, स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र…
Read Moreजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कैलाली। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Read Moreएम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ । गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स…
Read Moreहेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा
हेटौँडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो । प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो । गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (७२.५९ क्युफिट) बरामद…
Read Moreसिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु
सिरहा । सिरहामा सोमबार साँझ आएको तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको घरको छतमा रहेको रेलिङ भत्किएर खस्दा मृत्यु भएको हो । प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लगिँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए । अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान…
Read More