सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका–२ धरहरा चौकस्थित नयाँ रोड–बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो । सोमबार साँझ करिब ५ः४५ बजे नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागमती नगरपालिका–२ धरहरा टोल निवासी अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । पछि उनलाई एल।एस। न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे…

Read More

बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु

बाजुरा: बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु भएको छ।बाजुराकाे बुढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाकाे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्। उनका अनुसार,पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताएका छन्।

Read More

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका९५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्ध शान्ति नगरपालिका-१ का हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोही स्थानका विकल राईलाई…

Read More

लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं । बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो । सोमबार साँझ करिब ६:३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको…

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-२ बस्ने सल्यान कालीमाटी गाउँपालिका-७ घर भएका ५२ वर्षीय कर्ण बहादुर राउत, काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने तनहुँ भानु नगरपालिका-१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौं महानगरपालिका-३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका-३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् । पक्राउ मध्ये कर्ण बहादुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट…

Read More

लागु औषधसहित युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । बुधबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नुवाकोट जिल्ला, ककनी गाउँपालिका–५ हिले घर भई काठमाडौं, नागार्जुन नगरपालिका–३ सिता बाल विकास माध्यमिक विद्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय सुनिल चिम्से (सुनिल गोले)लाई लागु औषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार गत १८ गते साँझ करिब ६ बजे प्राप्त सूचनाको आधारमा युवकको कोठा खानतलासी गर्दा ट्रामाडोल ४,६८० क्याप्सुल, नाइट्राजेपाम १४५ ट्याबलेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल, विभिन्न कम्पनीका मोबाइल ३…

Read More

चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहिबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्। प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२(०२२ प २५ ६७) को मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सडक खण्डमा फेला परेका थिए । उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । काठमाडौं…

Read More

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । इलाम ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्र्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको…

Read More