कास्की, १८ साउन । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् सोही महानगरपालिका–३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read MoreCategory: अपराध
कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ
कैलाली, १८ साउन । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Moreश्रीमतीको हत्या गर्ने श्रीमान गोदाबरीवाट पक्राउ
ललितपुर, १८ साउन । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read Moreडिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी
सञ्जय मिश्रा रौतहट १३ साउन। हालका दिनमा लागूऔषधको ‘ट्रान्जिट’ मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ। डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ। सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति नेपाल प्रहरीको अनुसन्धान अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरू — खासगरी सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, पर्सा, बारा र सापटारीमार्फत लागूऔषध काठमाडौं लगायतका ठूला सहरसम्म पुग्ने गरेको छ। भारतीय बजारमा खुलेआम पाइने लागूऔषध…
Read Moreकम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, १३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । सो अभियोगमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–१ घर भएका ३४ वर्षीय बुद्धीबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका–१० बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं…
Read More