जनकपुर । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ । मिथिला नगरपालिका–१० राताेपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन…
Read MoreCategory: अपराध
जेन–जी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ
सर्लाही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका – ५ वडहर्वा टोल निवासी २९ वर्षीय दिपेश साह सोनार (शेरु साह) लाई सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेन – जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलबास क्षेत्रबाट लुकीछिपी…
Read Moreलागू औषधसहित आठ जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नाग ढुङ्गाबाट नियन्त्रित लागू औषध ट्राम डोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौर सिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नाग ढुङ्गाबाट खटिएको प्रहरीले वीर गन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगन्ज महानगरपालिका-१६ शङ्कराचार्य गेटबाट लागू औषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले…
Read Moreसर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पीडितले बुझाए जिप्रकामा ज्ञापनपत्र
सर्लाही । युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेश कुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । २०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका–२, मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो । घटनापछि पीडित पक्षले इलाका…
Read Moreलागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका-९ चिउरी खानबाट लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदीप बोहरा र २३ वर्षीय तिलक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । रुपन्देहीको कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनार समेत २ जनालाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय…
Read Moreइनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माले जानकारी दिए । इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरुको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिएको उनले बताए । ‘घटनाको अनुसन्धान पुरा गरी टोली अनुसन्धानमा संलग्न टोलीहरु फर्किएको छ,’ उनले भने, ‘केही रिपोर्टहरु आउन बाँकी छ, अहिलेसम्मको प्रतिवेदन हामीले बुझाएका छौं ।’ प्रहरीले अनुसन्धान सकेसंगै इनिशा प्रकरण अब…
Read Moreचोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ
काठमाडौं । महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने एक जना व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका-२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका-२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई् पक्राउ गरेको हो । गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो…
Read Moreइनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’ सिसिटिभी फुटेजमा…
Read Moreइनिशाको शव ६ दिनदेखि शवगृहमा : अनुसन्धानमा सिआइवी
सुर्खेत । बलात्कारपछि हत्या गरिएकी इनिशा बिकको शव आफन्तले बुझ्न नमान्दा ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा छ । सुर्खेतको उषा बालवाटीका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाउने तयारीमा रहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि…
Read Moreनिर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनुमति (पास) बिना चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार अधिकांश सवारी ‘कोर’ क्षेत्रमा सञ्चालन भइरहेका बेला नियन्त्रणमा लिइएका हुन् । प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ…
Read More