मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा…

Read More

पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ । शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ । जसकका कारण सवारी धनीहरु इन्धन भर्न लामबद्ध हुने गरेका हुन् । विश्वको तेल भण्डारणको मुख्य हिस्सा ओगटेका मुलुकहरुमा बढ्दो तनाबका कारण विश्वव्यापी रुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उर्जा सकंट बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । त्यसैको…

Read More

उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

काठमाडौं । उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ । पार्टीका प्रवक्ता डा.राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ । पार्टीले सम्पूर्ण मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिन्ह र समानुपातिकतर्फ ‘बाँसुरी’ चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरेको…

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो । आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन काठमाडौंमा रहेका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित भएका छन् । शनिबार काठमाडौमा भेला भएका उनीहरुले काठमाडौं क्षेत्र नम्बर तीनमा बसोबास गर्ने दुई जिल्लाका मतदाताले सामूहिक अभियान चलाउने पनि प्रतिवद्धता जनाएका छन् । विहान भेला भएका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिवी, स्थानीय मतदाताबीच अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ । सो अवसरमा घिसिङसँग भेटघाट तथा निर्वाचन सम्बन्धमा छलफल गरिएको थियो ।

Read More

नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेल र सचिव छविलाल विश्वकर्मा लगायतले शनिबार पहाडीलाई पार्टीमा स्वागत गरेका हुन् । पहाडीले एमालेमाथिको दृढ अडानलाई आधार मानेर एमाले प्रवेश गरेको बताएका छन् ।

Read More

देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले उर्जा प्राप्त भएको बताएका हुन् । ‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो । अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन् । महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् । काठमाडौं ५ का प्रतिनिधि सभा…

Read More

सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा दाबी सङ्ख्या १.३१ प्रतिशतले घटेको भए पनि भुक्तानी रकम भने…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, बन्दा (नरिवल) २५ रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ,…

Read More

मोदीलाई लेखेको भनिएको पत्र पूर्णत:नक्कली र कपोलकल्पित हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित रहेको पुष्टि गरेको छ । रास्वपाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी लेखिएको भनिएको पत्र पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं,‘ विज्ञप्तिमा लेखिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र…

Read More