पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह

बाजुरा । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश बहादुर शाहले देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताएका छन् । शुक्रबार पार्टीले १० र ११ गतेको बैठकका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहले यस्तो बताएका हुन् । उनले नेपालको स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र सर्वोच्च शक्ति जोगाउन नेकपा पार्टी निर्माण भएको बताए । देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि नेपाली कम्युनिस्ट पार्टी खडा भएको बताउँदै नेता शाहले यसमा बलियो राजनीति इच्छाशक्ति, नागरिक एकता र सचेतनाका साथै राष्ट्रिय हितमा आधारित नितिहरु आवश्यक पर्ने…

Read More

कठपुतली सरकार ल्याउने चुनावलाई वहिष्कार गर्नुपर्छ : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् । शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए । उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको…

Read More

सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो । आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपा पार्टी कार्यालयको समेत अनुगमन गरेको थियो ।

Read More

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए। साथै उनले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्धन भइरहेको बताए । ‘पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक…

Read More

प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभामा बन्द सूचीमा रहेका र नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘प्रदेशसभामा बन्द सूचीमा रहेका साथिहरु त्यो बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो । १९ जना त्यस्तो सूची हटाउन चाहने साथिहरुको त्यहाँ पढियो र त्यसलाई पास गरियो र निर्वाचन आयोगलाई जानकारी दिने कुरा…

Read More

‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ । बुधबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । ‎कार्यगत एकता घोषणापत्रमा दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहिन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ। ‎घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो…

Read More

सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा

काठमाडौं, पुस ९ गते । बुधबार पार्टीको कार्यसम्पादन समितिको वैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे । उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ । आज बैठकमा आउनुभएको छैन । तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’ त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो…

Read More

वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई कुनै दबाब र हस्तक्षेप नगर्दा १०० दिनमा ४० भन्दा बढि ठूला मुद्दाहरु अदालतमा पुगेको दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा यो तीन महिनामा,१०० दिनमा ४० वटाभन्दा बढि ठूला–ठूला मुद्दाहरु अहिले अदालत पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मुद्दाहरूलाई अगाडि बढाएको छ । त्यसको…

Read More

क्यासिनो खेल्ने/ खेलाउने ७ जना पक्राउ

काठमाडौं । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनगरी ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् । भारतबाट आएको सुरेश महाजनसहितका समुहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । सुरेश महाजनले विगत २ वर्षदेखि नेपाल भारत,श्रिलंका,भियतनाम र कम्बोडियामा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएका थिए…

Read More

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा यसदिन भने ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको…

Read More