काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ । मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो । साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । गरेको छ । छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए । उनले भने,‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको…
Read MoreCategory: समाचार
‘दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ’
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतबाट जारी भएका फैसलाको कार्यान्वयन अभावबाट उत्पन्न हुने दण्डहीनताको अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा महान्यायाधिवक्ता कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले फौजदारी मुद्दामा ठहर भएका कैद र जरिवानाको लगत बढ्दै जानु र असुलीमा प्रभावकारिता नहुनु गम्भीर चुनौतीको विषय रहेको भन्दै यस्तो अवस्थालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘न्यायको सार केवल फैसला वा आदेशमा सिमित हुदैँन् । त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र न्यायको अनुभूति…
Read More‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए । उनले भने,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन् । उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन ? आज सिंगो देशमा प्रश्न उठाइरहेको छ । आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन । म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्रोस् व्यक्त गर्न चाहन्छु ।’…
Read Moreमंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिददर ९५…
Read Moreवर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल
काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् । नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान…
Read Moreसंविधानलाई सही बाटोमा फर्काउन चुनाव अनिवार्य छ : गगन थापा
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान अवस्थामा फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको कस्तो परिणाम आउछ भन्ने कुरा पछिको विषय भएको भन्दै अहिले संविधानलाई आफ्नो बाटोमा फर्काउनको लागि फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताए । उनले भने, ‘आजको समयमा चुनाव हुन्छ कि हुदैँन्, चुनाव भएन भने के होला चुनाव हुदैँ गर्दा शान्तिपूर्ण होला कि नहोला भन्ने एउटा पाटो छ । यो कुरामा नेपाली काङ्ग्रेसको तर्फबाट पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले…
Read Moreसुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
Read Moreरिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ । बाँकी…
Read Moreरमेश उप्रेती भन्छन् : कलाकारले गाली र ताली दुवै इन्जोय गर्नुपर्छ
काठमाडौं । कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् । केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित भएका उप्रेती उमेरले अधबैँस नाघेपनि शारीरिक फिटनेस र सक्रियतामा अझै उस्तै देखिन्छन् । पर्दामा उनी अहिले पनि ‘चकलेटी हिरो’कै छविमा देखिँदै आएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उप्रेतीले अभिनयलाई कुनै निश्चित परिभाषामा बाँध्न नसकिने अनुभवको रूपमा व्याख्या गरे । ‘अभिनय एउटा फिलिङ हो, चाहना र इच्छाबाट जन्मिने प्रक्रिया हो,’ उनले भने, ‘यो मनले रोजेको पेसा हो, जसको निष्कर्ष निकाल्न सकिँदैन । सागरजस्तै गहिरो छ ।’ विदेश…
Read Moreसिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर…
Read More