मुगु । हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भईरहेको छ । मुगुमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह न्यूनीकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्यूनीकरण गर्न साझा अभियान गरेका हुन् । यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ…
Read MoreCategory: समाचार
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ । दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस…
Read Moreसरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै
काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ । सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ । आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् । वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ ।
Read Moreजेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।’ उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए । ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न उठाउँदै…
Read Moreकानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए । उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु । कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा एकरुपता…
Read Moreजेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ । उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार…
Read Moreनिर्वाचन तोकिएकै समयमा हुन्छ :प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनको लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् । उनले भनिन्,‘हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो, चुनाव भए मात्र…
Read More‘राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाँटमा आयोगको भूमिका उल्लेख्य’
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आयोगले तीनै तहका सरकारको खर्च, जिम्मेवारी र राजस्व असुली सुधारका उपाय सुझाउने बताएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको ‘वित्तीय सङ्घीयता दर्पण–२०८२’ को लोकार्पण गर्दै उनले आयोगको ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा व्यवस्था भए अनुसार आयोगले संघ, प्रदेश र स्थानिय तहबीच राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाँटका लागि आधार र ढाँचा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आएको बताए । उनले भने, ‘आयोगको ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन…
Read More२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
रौतहट । पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ । मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको…
Read Moreएमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन् । शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले एमडिएमएस भ्रष्टाचारको जालोभित्र जकडिएको र त्यस जालोलाई च्यात्नैपर्ने बताए । ‘एमडिएमएसको कुरा म मन्त्री भएर आउने बित्तिकै सोधे, बुझे, पढे । भष्ट्रचारको जालोभित्र जकडिएर बसेको रहेछ । त्यो भष्ट्रचारको जालोभित्र भएको एमडिएमएसलाई त्यो जालो च्यात्यौँ भनेर खोजेको स्वस्थानी ब्रतकथामा महादेवले झुपडी च्यातेर सुनै सुनको महल बनाए जस्तो त हँुदो रहेनछ,’…
Read More