उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए । बिकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,‘मुख्य पुराना दलहरुले दलित समुदायलाई सत्तामा पुग्ने भर्याङ र भोट बैंकको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनिहरुलाई निर्णायक नेतृत्वमा पुर्याउने छ ।’ उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र…

Read More

मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे । सभालाई सम्बोधन गर्दै उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईंहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म…

Read More

विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्ने बताए । उनले भने, ‘हामी सबै क्षेत्रमा ध्यान पु¥याएर देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउन चहान्छौ । यीनै विचार र मान्यताका साथ हामी तपाईहरुको माझमा आएका पनि छौ । तपाईहरुले हामीलाई विश्वास पनि गर्नु भएको छ । हामीलाई हौसला दिनु भएको…

Read More

जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका हुन् । उनले उक्त आन्दोलनले राजनीतिक वृत्तमा ‘सच्चिने वा सक्किन तयार रहने’ भन्ने बलियो सन्देश दिएको बताए । उनले भने, ‘गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले नितान्त नयाँ राजनीति परस्थिती सिर्जना गरेको छ । त्यसले राजनीतिक वृत्तमा राजनीतिक दलहरुलाई…

Read More

महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुर्नगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्माण, नेतृत्व निर्माण, पार्टीको आन्तरिक लोकतान्त्रिकरण लगायतका विषयहरुलाई निरन्तर पार्टीको विधि विधानभित्र बसेर उठाउने निर्णय गरेको पार्टीका उपमहासचिव योगेश भट्टराईले जानकारी दिएका छन् । उनले भने, ‘हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउनको लागि हाम्रो तर्फबट भूमिका खेल्ने निर्णय गरेका छौँ । पार्टीभित्र हामीले महाधिवेशनमा उठाएका मुद्दाहरुलाई ती विचार…

Read More

जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जेनजी पुस्ताले बन्दुकबिना पनि लडाई जित्न सक्ने कुरा साबित गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जेनजीसँग विप्लव अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले मोबाइल मार्फत नै दुई दिनमा देशको राज्य सत्ता जरैबाट उल्टाइ दिएको भन्दै नयाँ पुस्ता शक्तिको पक्षमा उभिने आँट गर्यो भने लडाइ जित्न बन्दुक नचाहिने बताए । उनले भने, ‘मान्छेले बन्दुक मात्रै ठूलो भन्छन् तर त्यो होइन । जनतालाई कुरा बुझाउन सक्यो भने जनताले साथ दियो भने र तपाईहरु जस्ते नयाँ पुस्ताले शक्तिको पक्षमा उभिने आँट गर्यो…

Read More

जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् । शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गरेका हुन् । भेटका क्रममा उनले शहीद परिवारप्रति सम्वेदना व्यक्त गरे । लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आमहत्या हो । शहीद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले सरकारको भूमिकाप्रति पनि…

Read More

नाम र तस्बिर दुरुपयोग गरी भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको भन्दै केकी अधिकारीको आपत्ति

काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै केकीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको बताएकी छन् । उनले भनेकी छिन्, ‘मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ । ’ अधिकारीले यसरी पैसा माग्नेहरूप्रति सजग रहन पनि सम्पूर्णमा अनुरोध गरेकी छिन् ।

Read More

ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका आयोजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी तत्काल टेण्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । सडक विभागअन्तर्गत ठेक्का लिई वर्र्षौंदेखि अलपत्र पारिएका सडक एवम् पुल…

Read More

पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता

सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो। सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिनेछ। त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

Read More