काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए । उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
Read MoreCategory: समाचार
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् । बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन् । पाँच उपाध्यक्ष पदका लागि ११ जना, तीन उपमहासचिव पदका लागि ६ जना तथा…
Read Moreयस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १४४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १९३ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रूपैयाँ ०८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर…
Read More“महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो” : कोमल ओली
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनलाई प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, चिनापरिचय र आत्मीय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको बताउँदै केन्द्रीय सदस्य उम्मेदवार कोमल ओलीले महाधिवेशनको माहोल अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक रहेको बताएकी छन् । देशभरबाट आएका प्रतिनिधिहरूसँग नजिकबाट भेट्ने, परिचय आदान–प्रदान गर्ने र राजनीतिक संवाद गर्ने अवसर नै महाधिवेशनको सबैभन्दा सुन्दर पक्ष भएको उनको भनाइ छ । नेपाल न्युज बैंकसँगको विशेष कुराकानीमा ओलीले आफूले पोस्टर, पम्प्लेट वा ठूलो खर्च नगरी सामान्य अभिवादन र प्रत्यक्ष संवादमार्फत भोट मागिरहेको बताइन् । “नमस्कार गरेर, कुरा गरेर भोट माग्दा प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,…
Read More‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध हुनुअघिको कुन पक्षमा उभिने भन्ने जस्तो छ । आजको राजनीतिमा पनि को कौरवको पक्षमा र को पाण्डवको पक्षमा भन्ने अवस्था आएको छ ।’ पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले…
Read Moreश्रमिक तथा रोजगारदाताको सुरक्षा राज्यले प्रत्याभूति गर्नुपर्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन‘अनन्त’ले श्रमिक तथा रोजगारदाता दुबैको राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।मंगलबार राजधानीको संवाद डबलीमा ‘होटल मजदुर आन्दोलनको दर्पण’ नामक पुस्तक सर्वजनिक गर्दै पुनले भारतीय तथा चिनियाँ पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउँनसके मात्र पनि देशको अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिनेसमेत दाबी गरे ।देशमा राजनीतिक अस्थिरताको कारण श्रम क्षेत्र सबल हुननसकेको बताउँदै पुनले भने,‘लगानी सुरक्षाको वातावरण नहुँदा लगानीकर्ता तर्सिनुपर्ने समस्या बढ्दै गएको छ भने अर्कातिर दक्ष श्रमिकहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको छ ।’देशको समग्र स्थायीत्वको लागि चुनावको विकल्प नरहेको जिकिर गर्दै…
Read Moreपुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने विषयमा विमती छैन् : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट सहमति नै भएको भन्दै पुषको १०, १२ गते तिर बैठक बस्ने गरि काम अगाडि बढाएको बताए । उनले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौ ।…
Read Moreयोजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा.सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रम माझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका छन् । कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल…
Read Moreसर्लाहीमा गाँजासहित एक जना पक्राउ
सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ किलो ८००…
Read Moreअपाङ्गता होइन, अठोटको जित, बैसाखीको सहारामा एमाले महाधिवेशनमा गैरे
काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं. २ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो । नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति…
Read More