काठमाडौं । नारायण चौरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो । ३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए । मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक…
Read MoreCategory: समाचार
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ । मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ । यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो । ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की…
Read Moreयस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ…
Read Moreपार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउनको लागि भएको बताए । उनले भने, हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । तपाइहरुलाई अनौठो लाग्ला यो स्वभाविक हो । उम्मेद्वारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । पार्टीलाई वास्तबिक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो ।’ त्यस्तै उनले काठमाडौं आएका…
Read Moreन्यातपोल मन्दिर : सर्वसाधारणका लागि प्रवेश निषेध किन ?
भक्तपुर । भक्तपुर भन्नेबित्तिकै सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिएको सहरको छवि सबैको आँखा अगाडि आउँछ । मन्दिर, मठ, देवालय र तीर्थस्थलहरूले सजिएको भक्तपुरलाई नेपाली मौलिक कलाशैली, काठ तथा ढुंगामा कुँदिएका अनुपम कलाकृति र गहिरो धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ । यिनै सम्पदामध्ये सबैको ध्यान केन्द्रित गर्ने र भक्तपुरको पहिचानका रूपमा रहेको मन्दिर टौमडी टोलमा अवस्थित न्यातपोल मन्दिर हो । पाँचतले मन्दिरका रूपमा परिचित यो मन्दिर भक्तपुरकै सबैभन्दा अग्लो र भव्य मन्दिरमध्ये एक मानिन्छ । न्यातपोल मन्दिरको सांस्कृतिक नाम ‘ङातापोल्हँ’ रहेको छ । यो मन्दिर १८औँ शताब्दीमा मल्लकालीन राजा भूपतिन्द्र…
Read Moreनयाँ नेतृत्वको हस्तक्षप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । आइतबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सहमतिको लागि कुनै पनि पदाधिकारीको पदमा नेतृत्व व्यवस्थापनको हिसाबले स्वीकार्य रहेको बताउँदै नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गयो भने आफ्नो उम्मेद्वारी उपमहासचिवमा हुने बताए । उनले भने, ‘मैले पार्टी नेतृत्वसँग वृहत्तर छलफल गरे । मेरो वायोग्राफि नबुझ्ने कोही छैन् । ३६ सालदेखि नै नेता भएर हिडिरहेको छु । सहमतिको लागि कुनै पनि पदाधिकारीको कुनै पनि पदमा नेतृत्व व्यवस्थापनको हिसाबले भयो भने मेरो लागि स्वीकार्य छ। तर हाम्रो प्रकृयामा भएको नयाँ…
Read Moreकांग्रेस राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने छ : गगन थापा
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति भएको दावी गरेका छन् । सोमबार नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले समेत चुकाउनुपर्ने बताए । उनले भने,‘अहिले नेपाली कांग्रेसलाई तागत चाहिएको केवल निर्वाचनका लागि मात्रै हैन, निर्वाचन आउँछ जान्छ त्यो अनौैंठो कुरा होइन् । कांग्रेस राष्ट्रिय पार्टी भन्दा पनि राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्तिको राष्ट्रिय जिम्मेवारी हुन्छ । राष्ट्रिय शक्ति आफ्नो जिम्मेवारीबाट चुक्यो…
Read Moreनागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् । ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक…
Read Moreदेश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए । उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध…
Read Moreयुवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ : सन्तोष खड्का
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य र महाधिवेशनको लागि काठमाडौं क्षेत्र नम्बर १० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटो तर्फ अगाडि बढ्नु पर्ने बताएका छन् । उनले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताए । उनले भने, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ । युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क्षेत्रमा…
Read More