काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । बैंकले उक्त आईपीओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर जारी गरिँदैछ । कुल निष्कासित शेयरमध्ये…
Read MoreCategory: समाचार
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा निर्धारण…
Read Moreजब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे
मुगु । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर २ जवलधाराका ९८ बर्षिय नन्द बहादुर शाहीले कर्णाली करिडोर अन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडामा निर्माण भएको बेलिब्रिज पुलको बिच भागमा ढोगेर पुलको यात्रा गरेको छन् । पुल माथि गाडी गुडेको दृश्यले शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोग गर्दै पुल नबन्दा पाएका दुःख सम्झेर आँखाभरी आँशु रसाएका थिए । ‘नदीमाथि गाडी गुडेको देख्ने इच्छा धेरै थियो, बल्ल पूरा भयो बिगतमा आफ्ना पुस्ताहरुले तुइन तर्दा ज्यान गुमाएको, टाढाको बोटो हिडेका पीडा पछिल्ला सन्ततीहरुलाई सहज भएको छ,’ उनले भने । सोरु–२ का नन्दबहादुर शाही मात्र…
Read Moreअनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ । यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन् ।’ उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए । ‘हिमाली क्षेत्रमा अत्यधिक…
Read Moreहेटौँडामा मुख्य सडक विस्तार : ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी थालेको छ । उपमहानगरपालिकाको यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँ र बायाँ दुवैतर्फ २५–२५ मिटरभित्र पर्ने संरचना हटाइने जनाइएको छ । यस योजनाको सबैभन्दा संवेदनशील पक्ष भनेको ०३१ सालमै सडक प्रयोजनका लागि मुआब्जा लिएर बनेका घर तथा भवनहरू पनि उक्त मापदण्डभित्र पर्नु हो । करिब ५१ वर्षअघि राज्यबाट मुआब्जा लिएर जग्गामा निर्माण गरिएका संरचनाहरू अहिले आएर पुनः सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्थामा पुगेका छन्। यसले पुराना घरधनीहरूलाई थप अन्योल र पीडामा पारेको छ । सडक विस्तारको प्रभाव…
Read Moreलोकदोहोरी गायिका रीता थापामगर कांग्रेस धादिङ–२ बाट उम्मेदवार सिफारिस
काठमाडौं । लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको हो भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ । लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी थापा लामो समय देखि कलाकारितामै व्यस्त छिन् । उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् । माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । Photos (1)
Read Moreसभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) का विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता, सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद दिए । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
Read Moreयस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ…
Read Moreसिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य
सिन्धुली । सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो । मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो । पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीको जुनारलाई…
Read More‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् । विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए । उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि…
Read More