मकवानपुर । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् । प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् । तर नेपालमा भने…
Read MoreCategory: समाचार
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् । आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध गरिएको हो । मुगुमा खुला, महिला, युवा र दलित समावेशी समूहबाट प्रतिनिधि चयन भए पनि सो प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको भन्दै केही स्थानीय तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन्…
Read Moreतीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते
रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो । स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको…
Read Moreसिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनका लागि पुस २७ गते साधारण सभा बोलायो
काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा संशोधन गर्न निर्देशन दिएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनी तथा यसको सहायक कम्पनीहरू हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी…
Read Moreआज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
Read Moreयस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६९ पैसा रहेको…
Read Moreजेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् । साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार…
Read Moreनेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ । रेगुलेशन अत्यन्तै आवश्यक छ । राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्न पर्छ कि पर्दैन ? नेपालको कानुन मान्न पर्छ कि पर्दैन…
Read Moreठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरु भइरहेको बताए । उनले भने, ‘राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा अहिले थप रकम प्रवाह गरेर काम सम्पन्न गराउनको लागि बाटो खुलेको छ । कतिपय राजमार्गहरुमा काम धेरै नै ढिला…
Read Moreकांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए । उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ । कांग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुने गरि प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र…
Read More