काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक…
Read MoreCategory: समाचार
बालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो । अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए…
Read Moreविराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको…
Read Moreआज ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिन मनाइने विश्व एड्स दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्ष मनाइँने ३८औँ विश्व एड्स दिवस ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्न नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८८ देखि प्रत्येक वर्ष आजको दिन मनाइने यस दिवसले एचआईभी÷एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय–केन्द्रित बनाउनुपर्ने सन्देश दिएको छ। यो दिवसले चुनौतीबीच पनि संक्रमण रोकथाम, उपचार पहुँच र अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्छ । यस वर्षको नाराले एचआईभी नियन्त्रणका क्रममा देखिएका अवरोधलाई…
Read Moreधनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
बाजुरा । धनगढीबाट वेपत्ता भएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी भेटिएका छन्। अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए । कोठाबाट निस्किएको दिनदेखि वेपत्ता रहेका उनी आज फेला परेको उनका आफन्त दाजु धर्म जैशीले जानकारी दिए । उनका अनुसार वेपत्ता बालकलाई दिपायल डोटीमा फेला पारेको जानकारी दिए। डोटीको पिपल्ला बजार सनलाइट होटलका साहुजी रमेश बमसँग सहि सलामत उनी फेला परेका हुन् । वेपत्ता बालकलाई देख्ने बित्तिकै खबर गर्ने होटलका साहुजीलाई…
Read More४ किलो लागूऔषध गाजा सहित तामाङ पक्राउ
रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखि बिक्रीवितरण गर्छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि सुन्दरबस्ती पुगेको थियो । आफु सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको गरी…
Read Moreएनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको…
Read Moreहेटौंडा बजारमा सडक विस्तारको १५ दिने सूचना, १६ मिटर–बाइपास योजना भने अनिश्चित
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेटौंडामा सडक विस्तारको मुद्दा पुनः चर्किएको छ। डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५–२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः प्रभावित भएका छन्। यसअघि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले हेटौंडा सडकलाई १६–१६ मिटरमा सीमित गर्ने तथा मुख्य राजमार्गलाई बाइपासमार्गतर्फ सार्ने प्रस्ताव सार्वजनिक गर्दै सरकारले बजारभित्र राजमार्गको भार कम गर्ने संकेत दिएका थिए। बस्नेतले सञ्चारकर्मीहरूसँग गरेको संवादमा १६ मिटरको सहरमुखी सडक निर्माण, फुटपाथ र ग्रिनबेल्टसहितको योजनालाई मन्त्रालयस्तरबाट अघि बढाइएको उल्लेख गरेका थिए। तर…
Read Moreनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक सोमबारका लागि सर्यो
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ । आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ ।
Read Moreयस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९…
Read More