नेपालका नागरिक समाजले जेनेभामा प्रस्तुत गरे मानव अधिकार सम्बन्धी मुद्दाहरू

जेनेभा । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिक समिक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सम्पन्न भएको छ । नेपालका नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न यो पूर्व–सत्रले देशमा मानव अधिकारको वास्तविक अवस्था, चुनौती र सुधारका प्राथमिकताहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई विस्तृत जानकारी गराएको छ । पूर्व–सत्रमा विशेषगरी संक्रमणकालीन न्याय, लैंगिक हिंसा, महिला तथा बाल अधिकार, अपांगता भएका व्यक्तिहरूका अधिकार, दलित तथा आदिवासी जनजातिका अधिकार, अन्तरविषयगत भेदभाव, न्यायमा पहुँच तथा आमाको नामबाट नागरिकता जस्ता संवेदनशील र दीर्घकालीन विषयहरूलाई प्रमुखताका साथ प्रस्तुत गरिएको थियो । यी…

Read More

एमाले बाजुराबाट पार्टीको ११ औं महाधिवेशनका लागी १६ जना प्रतिनिधी सर्वसम्मत

बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो । यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् । खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । महिला तर्फ ४ जना छन्।…

Read More

रामेछापमा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया महिलाको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ। घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए । घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका–७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ । गला फूटेको र शरीरका विभिन्न भागमा गम्भीर चोटसहित शव भेटिएको वडा सदस्य तामाङले बताए । उनका अनुसार घटना स्थल तामाङको गोठ रहेको पिपलडाँडाबाट करिब १०० मिटर…

Read More

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०७, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ११०, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रहेको छ । यस्तै, गाँजर (लोकल) प्रतिकिलो १४०, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ५०, बन्दा (तराई) प्रतिकिलो ४० काउली…

Read More

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ९३…

Read More

कांग्रेस विशेष महाधिवेशन पक्षधरको अडान : कार्यतालिका नभइ महाधिवेशन चाहिएको हो

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले कार्यतालिका नभइ महाधिवेशन नै माग गरेको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित एक भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् । ‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं‚’ विज्ञप्तिमा भनिएको छ । वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने  भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा,…

Read More

‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  सामाजिक सुरक्षाको विषय कानुनमा नै व्यवस्था गरिएको बताउँदै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन् । उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार मात्रै र कर्मचारीमात्रै नभएर, के आह्वान गर्न चाहान्छु भने निजी सञ्चारमाध्यम जो औपचारिक क्षेत्र भनेर भनिएको छ । निजी सञ्चार माध्यमपनि आफै उत्साही भएर सामाजिक सुरक्षाको दायरामा तपाईहरु अन्तर्गतका कर्मचारीहरुलाई ल्याउनको लागि आह्वान गर्न चाहान्छु । किनकी यो कानुनमा नै व्यवस्था गरिएको…

Read More

‘संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ’

काठमाडौं । जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राजेन्द्र श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टी रोजेको बताएका छन् । जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्टिूयताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टीमा आएको बताए । आजको एकता जायज रहेको पनि उनको भनाई छ । उनले भने, ‘हाम्रो यो आजको एकता जायज छ । हामीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता रोज्यौ भन्दा नेपालमा नेपालको राष्टिूयता, सार्वभौमसत्तामाथि सधैँ कालो बादल घुमिरहेको थियो…

Read More

ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित अटो चालक पक्राउ

मकवानपुर । जिल्लामा लागुऔषध रोकथाम तथा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको नेपाल प्रहरीले हेटौंडामा ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा लागुऔषध कारोबार बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले गरेको यो सफलताले अवैध कारोबारमा संलग्न समूहमाथि कडा दबाब परेको जनाइएको छ । आज बिहान ११ः३० बजे, राप्तिरोड हुँदै थानाभ¥याङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ह ०१२६८८ नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै तीव्र गतिमा भाग्न खोजेपछि प्रहरी टोलीले पछ्याएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोलाई पछ्याउँदै जाँदा हेटौंडा उपमहानगरपालिका–१, तरकारी बजार क्षेत्रमा फेला पारेको हो…

Read More

हेटौंडामा चोरीको स्कुटरसहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिरबाट चोरी गएको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–२ बस्ने ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर मिति २०८२।०८।०३ गते बिहान ५:४० बजे चोरी भएको भनी परेको उजुरीपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई सोही स्कुटरसहित फेला पारेर पक्राउ गरेको हो। उनलाई चोरी मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराका…

Read More